site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
प्रख्यात भारतीय संगीतकार खय्याम अस्पताल भर्ना

मुम्बई । हिन्दी चलचित्र जगतका प्रख्यात संगीत निर्देशक खय्यामको स्वास्थ्यमा समस्या देखिएपछि मुम्वईस्थित सुजय अस्पतालमा भर्ना गरिएको छ । उनलाई आईसीयूमा राखिएको छ । 

पद्मभूषण तथा संगीत नाटक ऐकेडेमीबाट सम्मानित संगीतकार खय्यामको छातीमा इन्फेक्सन भएको कारण उनको स्वास्थ्य अवस्था नाजुक भएको बताइएको छ । यस विषयमा फेडरेसन अफ वेस्टर्न इण्डिया सिने इम्प्ल्वाई युनियनका अध्यक्ष बीएन तिवारीले जानकारी गराएको नवभारत टाइम्सले उल्लेख गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संगीतकार खय्यामले कैयन हिट फिल्ममा संगीत दिएका छन् । उनको संगीत रहेको हिन्दी फिल्म ‘कभी–कभी’ र ‘उमराव जान’को संगीत आज पनि रुचाइन्छ । 

मोहम्मद जहुर ‘खय्याम’ हाशमीको संगीत यात्रा १७ वर्षको उमेरमा लुधियानाबाट शुरु भएको हो । उनको सांगीतिक करियरको महत्वपूर्ण फिल्म ‘कभी–कभी’ र ‘उमराव जान’ को गीतले आज पनि स्रोताको मन मस्तिष्कमा स्थान बनाएको छ । खय्यामले उत्कृष्ट संगीतका लागि ‘कभी– कभी’ र ‘उमराव जान’बाट फिल्मफेयर अवार्ड पाएका थिए ।

खय्यामले ‘कभी–कभी’, ‘उमराव जान’का अतिरिक्त ‘नूरी’, ‘त्रिशूल’, ‘रजिया सुल्तान’ लगायतका फिल्ममा संगीत दिएका छन् ।

(नवभारत टाइम्स)

  
 

प्रकाशित मिति: शुक्रबार, साउन ३१, २०७६  १३:२४
प्रतिक्रिया दिनुहोस्