
काठमाडौं । रुसी सांस्कृतिक केन्द्र, शैली थिएटर र इसानको संयुक्त आयोजनामा मगंलबार लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । रुसी सांस्कृतिक केन्द्रमा आयोजना गरिएको “अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता तथा एसइइ सम्मान कार्यक्रम २०७६“ मा प्रमुख अतिथि थिइन् सांसद शान्ता चौधरी ।
कार्यक्रममा चौधरीले कमलरी हुँदा शिक्षाबाट बञ्चित हुनु परेकोले सांसद भैसकेपछि आफ्नै नाम लेख्न पनि समय लागेको दुखेसो पोखिन् । “अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता“मा ७ विद्यालयले सहभागिता जनाएका थिए । जसमा थकाली नृत्य, कौडा, साकेला, मारुनी, थारु नाच, थाली नाच, मगेटा नाच, चन्डि माईको नृत्य, छलिया लगायत अन्य लोकनृत्य देखाइएको थियो ।
प्रतियोगितामा छलिया नाचको लागि होलि इन्टरनेसनल स्कुल प्रथम भयो भने दोस्रो स्थान मगौटा नाचको लागि नेपालय स्कुलले प्राप्त गरेको थियो । तेस्रो पुरस्कार थारु नाच प्रस्तुत गरेका ब्राइट जोन स्कुलले प्राप्त गर्यो ।