site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
प्रिया र प्रतिकरत्‍नले उचाले 'मिस एण्ड मिस्टर हस्पिटालिटी-२०१९'को उपाधि

काठमाडौं । 'मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल - २०१९' को उपाधी प्रिया धौवजन र प्रतिकरत्‍न तुलाधरले हात पारेका छन् । दरबारमार्गस्थित होटल अन्‍नपूर्णमा शुक्रबार सम्पन्‍न ग्रान्ड फिनालेमा दुबैजना प्रतियोगिताका विजेता घोषित भएका हुन् । 

त्यसैगरी प्रतियोगितामा मिस फस्ट रनरअप पासाङ ल्हामु शेर्पा र मिस्टर फस्ट रनरअप फुर्पा शेर्पा घोषित भएका छन् । त्यस्तै मिस सेकेन्ड रनरअप अस्मिता सुनुवार र मिस्टर सेकेन्ड रनरअप सञ्जय नेपाल घोषित भएका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मुख्य निर्णायक सृजना राना, निर्णायकहरु शरद प्रधान, भोला बहादुर थापा, सनत न्यौपाने र डा.सन्ध्या चापागाईंको टीमले जम्मा ४९ प्रतिस्पर्धीमध्येबाट टप १२/१२ छनोट गरी अन्तिम ५/५ जनाबाट विजेता घोषित गरेको हो । टप ५/५ प्रतिस्पर्धीलाई एउटा प्रश्न सोधिएको थियो । उत्कृष्ट जवाफ दिनेलाई नै विजेता घोषित गरिएको थियो ।

शुभदिन मिडिया तथा रिसर्च सेन्टरको आयोजना र होटल एसोसिएसनको सहआयोजनामा उक्त प्रतियोगिता सम्पन्‍न भएको हो । कार्यक्रमको सहजीकरण निशा पाठकले गरेकी थिइन् ।

करिब दुई महिनाअघिदेखि सुरु भएको यो प्रतिस्पर्धात्मक कार्यक्रममा काठमाडौं उपत्यका र उपत्यका बाहिरका जिल्लामा होटल म्यानेजमेन्ट र हस्पिटालिटी पढाइ हुने र तालिम दिने विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएका थिए । 

प्रकाशित मिति: शुक्रबार, साउन २४, २०७६  २१:४५
प्रतिक्रिया दिनुहोस्