site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देशभर अवैध नागरिकता छानबिन गर्दै गृह मन्त्रालय, सुरु काठमाडौंबाट
SkywellSkywell

काठमाडौं । गृह मन्त्रालयले झुटो विवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र लिनेविरुद्धको अनुसन्धानमा तिव्रता दिएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को निर्देशनमा उजुरी आएका जिल्ला प्रशासनबारे अनुसन्धान गर्न समिति नै गठन गरेर अनुसन्धान र अध्ययन प्रक्रिया अगाडि बढाइएको हो ।

सरकारले यसअघि झुटो विवरण पेश गर्ने ८ जनाको नेपाली नागरिकता खारेज गरेको थियो । साउन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले अशोक साह, विन्दे महतो, दानादेवी महतो (विन्दे महतोको पत्नी (वैवाहिक अंगीकृत), सोसील महतो (दानादेवीकी बुहारी), राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतोको नागरिकता खारेज गर्ने निर्णय गरेको थियो ।

KFC Island Ad
NIC Asia

नेपालका विभिन्न सीमावर्ती जिल्लाका जिल्ला प्रशासन कार्यालयबाट गैरनेपालीले नेपाली नागरिकताको प्रमाणपत्र पाएको चर्चापछि गृहले यसबारे छानबिन प्रक्रिया अगाडि बढाएको हो । स्थानीय राजनीतिक दल तथा कर्मचारीलाई प्रलोभनमा पारेर भारतीय नागरिकले नागरिकता बनाउने गरेको यसअघि समेत विभिन्न जिल्लामा चर्चा चल्दै आएको थियो ।

गृह मन्त्रालयका उपसचिव शम्भु रेग्मीको नेतृत्वमा तीन सदस्यीय नागरिकता छानबिन समिति गठन गरिएको छ । असार १२ गते गठन गरिएको समितिमा गृहकै शाखा अधिकृत दयाराम श्रेष्ठ र कानुन अधिकृत भोजराज दाहाल सदस्य छन् ।

Royal Enfield Island Ad

समितिले पहिलो चरणमा काठमाडौं जिल्ला प्रशासन कार्यालयको नागरिकताको अवस्था लगायतको अध्ययन गर्नेछ । समितिलाई सुरुमा १५ दिनको म्याद दिइएको थियो । आवश्यकताअनुसार म्याद थपघट हुन सक्ने समितिका संयोजक उपसचिव शम्भु रेग्मीले बताए । उनले बाह्रखरीसँग भने, ‘‘नागरिकताका बारेमा आएका उजुरी, गुनासो हेरेर कानुनविपरीत भएको पाइए कारवाहीको सिफारिस गर्ने हो । मन्त्रालयले महसुस गरेमा अन्य जिल्लामा पनि अध्ययन हुनसक्छ ।’’

गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले कुनै अवैध नागरिकताबारे उजुरी परेमा मन्त्रालयले छानबिन गर्ने बताए । सुवेदीले भने, ‘‘कुन–कुन जिल्लामा के छ भनेर त भन्न सक्दिन । तर गुनासो, उजुरी आएका कुरालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान र अध्ययन गर्दै आएका छौं ।’’ उनका अनुसार यसअघि झापा जिल्लाबाट अवैध रुपमा नागरिकता प्राप्त गरेकाहरुको अनुसन्धान समेत गृहले गरेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २१, २०७६  ११:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro