site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
भुवन चन्दको 'साइनो'लाई पीजी सर्टिफिकेट

काठमाडौं । नेपाली कथानक चलचित्र ‘साइनो’ले सेन्सरबोर्डबाट पीजी सर्टिफिकेट पाएको छ । चलचित्र ‘साइनो’ हेर्न १६ वर्ष मुनिका दर्शकले अभिभावकको साथ लिनुपर्ने छ ।

‘साइनो’ नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्दले निर्माण गरेकी हुन् भने  रमेश थापाले निर्देशन गरेका छन् । निर्देशक थापाले चलचित्र साइनो मौलिक, सामाजिक कथावस्तुमा बनेको बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चलचित्र ‘साइनो’मा नीता ढुंगाना, मिरुना मगर, राज कुमार, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, रेगन क्षेत्री लगायत कलाकारको अभिनय छ । 

चलचित्र साउन २४ गतेबाट प्रदर्शनमा आउने छ । 
 

प्रकाशित मिति: सोमबार, साउन २०, २०७६  ०९:५१
प्रतिक्रिया दिनुहोस्