
काठमाडौं । गायिका सुनिता दुलालले तिजको नयाँ गीत सार्वजनिक गरेकी छन् । सुनिताको स्वर रहेको ‘चुरा टीका लाली’ बोलको गीतमा डा. कृष्णहरी बरालको शब्द रहेको छ । महेश खड्काले संगीत भरेका छन् ।
सुनिता दुलाल र रुबी लामा फिचर्ड भिडियो अर्जुन तिवारीले खिचेका हुन् । शिव बिकले निर्देशन गरेका छन् ।
प्रत्येक वर्ष झैं यो पटक पनि आफू तिजको मौलिक गीत लिएर आएको गायिका सुनिता बताउँछिन् ।
“धेरै स्रोता तथा दर्शकलाई थाहा छ म हरेक वर्ष तिजमा नयाँ गीत लिएर आउने गरेको छु । यसै क्रममा यो वर्ष पनि नयाँ गीत लिएर आएको छु,” उनले भनिन्, “तिज पर्व गीत भएकाले मैले पर्वको मौलिकतालाई ध्यानमा राखेर यो गीत तयार पारेको छु ।”
सुनिता अहिले प्रशारण भइरहेको ‘नेपाल लोक स्टार’को निर्णायक पनि हुन् ।