site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘द भ्वाइस अफ नेपाल’ साउन ३१ गतेबाट प्रशारण हुने

काठमाडौं । सिङगिङ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–२ यही साउन ३१ गतेबाबाट प्रशारण हुने भएको छ । पछिल्लोपटक साउन २४ गतेबाट प्रशारण हुने भनिएको ‘द भ्वाइस अफ नेपाल’ ३१ गतेबाट मात्रै प्रशारण हुने भएको हो । 

ब्लाइन्ड अडिसनका १२ वटा श्रृंखला सुटिङ भइसकेको ‘द भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलले बाह्रखरीलाई जानकारी दिए । कार्यक्रम हरेक शुक्रबार र शनिबार हप्ताको दुई प्रशारण हुने छ । हिमालयन टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम साँझ ८ बजेबाट प्रशारण हुनेछ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सिजन–२ मा दुई जना कोच फेरिएका छन् । सनुप पौडेल, अभया सुब्बाको ठाउँमा राजु लामा र आस्था राउतले प्रवेश पाएका छन् । दीप श्रेष्ठ र प्रमोद खरेल यथावत छन् । 

‘डिजिटल अडिशन’बाट ११० जना प्रतिस्पर्धी छनोट गरेको ‘द भ्वाइस अफ नेपाल’मा डिजिटल अडिशनमा दुई हजार दुई सय सहभागी भएका थिए ।

गत वर्ष ‘ब्लाइन्ड’, ‘ब्याटल’ र ‘लाइभ’ शो हुँदै फिनाले भएकोमा सिजन–२ मा ‘नक आउट चरण’ पनि थपिएको छ । सिजन–२ मा ‘लाइभ शो’मा एकै दिन गत सिजनमा जस्तो चारजना बाहिरिने छैनन् । “गत वर्ष लाइभ शोमा एकै दिन चारजना आउट हुँदा राम्रो भएन भन्ने गुनासो आएकाले यसपटक प्रत्यक ‘लाइभ शो’मा एक जनाका दरले आउट हुने ‘फम्र्याट’ ल्याउँदैछौं,” निर्देशक पौडेलले भने । यो वर्ष ‘नक आउट’ चरणमा धेरै बाहिरने छन् । 

कार्यक्रम ३२ वटा श्रृंखला प्रशारण हुनेछ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन १७, २०७६  १३:४०
प्रतिक्रिया दिनुहोस्