site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
डिजिटल युगमा बालबालिकाको यौन शोषण 

संयुक्त राज्य अमेरिकाको बाल्टिमोरमा एकजना २६ वर्षीय युवकलाई १५ र १६ वर्षकी दुई किशोरीलाई ललाइफकाई ल्याएर वेश्यावृत्ति गराउन वेबसाइटमा विज्ञापन गरेको अभियोगमा हालै अपराधी ठहर गरिएको थियो । उक्त अभियुक्त १६ वर्षीया किशोरीसँग एउटा मोटेलमा वेश्यावृत्तिमा संलग्न गराइएकी अर्की महिलासँगै कोठा लिएर बसेको थियो । यौन कार्यका लागि ती महिलाका ग्राहक आउँदा कोठाबाट बाहिर निस्कन्थ्यो । तिनका एक जना ग्राहक भोलिपल्ट फर्केर आए र उनलाई बहिनीसँग बस्नका लागि अर्को सहरमा लिएर गए ।       

ती महिला अपेक्षितरूपमा भाग्यमानी थिइन् तर विश्वभरका दस लाखभन्दा धेरै जबर्जस्ती यौन शोषणमा परेमा बालिकाहरू उनी जति भाग्यमानी छैनन् । संसारभरमा मानव ओसारपसारबाट वर्षको १५० अर्ब डलर नाफा हुन्छ र त्यसको दुई तिहाइ नाफा ९९ अर्ब डलर जबर्जस्ती यौन शोषणबाट हुन्छ । डिजिटल माध्यमहरूको तीव्र वृद्धिले बालबालिकाको ओसारपसार बढी नाफामूलक बनाउने जोखिम बढेको छ र यो भयावह अपराध उन्मूलन गर्न विश्वले तत्काल समन्वयात्मक कार्य गर्नुपर्छ । 

आज विश्वका ४.५ अर्ब मानिसको इन्टरनेटमा पहुँच स्थापित भएको छ र तीमध्ये एक तिहाइ इन्टरनेट प्रयोगकर्ता १८ वर्ष मुनिका छन् । नियमन नगरिएको अनलाइन दुनियाँ त्यही कारणले बाल यौन ओसारपसारबाट नाफा कमाउनेहरूका लागि ऊर्वर बनेको छ । यस्तो अपराधमा सुरु गर्नलाई उच्च गतिको इन्टरनेट र एउटा ल्यापटप वा स्मार्टफोन भए पुग्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अपराधीहरूले बालबालिकासँग सामाजिक सञ्जालहरूमार्फत् सजिलै सम्पर्क गर्न सक्छन् । एक्लोपन, चिन्ता, तनाव वा पारिवारिक समस्याको लक्षण देखिएका बालबालिका बढी जोखिममा हुन्छन् । अपराधीहरूले एकैपटक धेरै बालबालिकासँग ‘इ–भेट’ गर्न सक्छन्, तिनलाई झुटा वाचा गरेर फकाउन सक्छन् र उनीहरूबाट आपत्तिजनक डिजिटल तस्बिरहरू माग्न सक्छन् । अपराधीको हातमा यस्तो सामग्री पर्नेबित्तिकै बालबालिका सजिलै तिनको फन्दामा पर्छन् यौन दासताका लागि बाध्य हुन्छन् । 

बाल यौन शोषण गराउने अपराधीहरूले वेबसाइटमा वयस्क यौन सेवाका उपलब्ध गराउने विज्ञापन गर्छन् र प्रायः पीडितहरूलाई यस्ता पोर्टलहरूमा त्यस भेगमा बाल वेश्यावृत्तिका लागि विज्ञापन राख्न बाध्य पार्छन् । ( अमेरिकाको माथि उल्लेखित घटनामा २०१७ को फेब्रुअरीदेखि २०१८ को जनबरीका बीचमा अनलाइनमा तीन सयवटा विज्ञापन गर्न हजार डलरभन्दा बढी खर्च गरिएको थियो ।) केही पीडितहरू आफ्नो घर वा होस्टेलबाटै कामुक प्रत्यक्ष प्रसारणमा संलग्न हुन्छन् र तिनलाई डिजिटल मुद्रामा वा अनलाइन भुक्तानी सेवामार्फत् पैसा दिइन्छ । बालबालिकालाई फकाउन केही अपराधीले त मोबाइलको बिल तिरिदिने वा इकमर्सको साइटबाट उपहारहरू पठाउने पनि गर्छन् । पछि तिनै बालबालिका शारीरिकरूपमा यौन सम्बन्धका लागि फुस्ल्याइन्छन् । 

Global Ime bank

अनलाइन बाल यौन ओसारपसार विश्वव्यापीरूपमा तीव्र गतिमा बढ्दो संगठित अपराध भएकाले यसको नियन्त्रण गर्न कानुनी, राजनीतिक, सामाजिक र प्राविधिक उपायहरू प्रभावकारीरूपमा अपनाउनु आवश्यक हुन्छ । सुरुमा सबै मुलुकहरूले अनलाइन बाल ओसारपसार (ट्राफिकिङ) लाई अपराधका रूपमा परिभाषित गर्नुपर्छ र कठोर दण्डसहित राष्ट्रिय फौजदारी संहितामा समावेश गर्नुपर्छ । बालबालिकालाई यौन कार्यमा लगाउने भर्ना गर्ने, विज्ञापन गर्ने आर्थिक कारोबारलगायतका सबै प्रकारका अनलाइन क्रियाकलाप पनि अपराध मानिनुपर्छ । 

यस विषयमा चेतना जगाउने विषय पनि महत्त्वपूर्ण छ – विशेषगरी अशिक्षा, गरिबी विद्यालयमा उमेरअनुसारको यौन शिक्षाको व्यवस्था नभएका विकासोन्मुख मुलुकहरूमा बालबालिका अझ बढी जोखिममा हुन्छन् । अभिभावकहरूले बालबालिकासँग विश्वासको सम्बन्ध बनाउनुपर्छ र उनीहरूका समस्यामा खुलारूपमा प्रस्तुत हुनुपर्छ । धार्मिक अगुवाहरूले पनि यस विषयमा आफ्ना अनुयायीलाई चेतनशील र संवेदनशील बनाउनुपर्छ । पुरुषत्वको सकारात्मक धारणा प्रवर्धन गर्ने, परामर्श सेवा उपलब्ध गराउने र प्रभावकारी अभिभावकत्वलाई प्रोत्साहित गर्ने कार्य अनलाइन बाल यौन ट्राफिकिङ नियन्त्रणमा सँगसँगै जानुपर्छ । 

यसैबीच नागरिक समाजले पीडितहरूलाई सामाजिक, शारीरिक र माननसिक सहयोग उपलब्ध गराउनुपर्छ र कानुन कार्यान्वयन निकायहरूलाई महत्त्वपूर्ण सूचना प्रदान गरेर अपराधीविरुद्धको अभियोजनलाई बलियो बनाउन सहयोग गर्न सक्छन् । इन्टरनेट सेवा प्रदायकलगायतका सेवा प्रदायक तथा नागरिक समाजबाट उपलब्ध गराइने जानकारीले प्राविधिक कम्पनीहरू, सरकार र कानुन कार्यान्वयन गर्ने निकायलाई अनलाइन ओसारपसार नियन्त्रण गर्न उपाय पहिल्याउन सहयोग पुग्छ । गैरसरकारी संस्थाहरूले बाल यौन ओसारपसारमा संलग्न अपराधीको काम गर्ने विधिका बारेमा बालबालिका, किशोरकिशोरी र अभिभावकहरूलाई सजग गराउने चेतना बढाउन महत्त्वपूर्ण भूमिका खेल्नसक्छन् ।

सामाजिक सञ्जालहरूले विशेष उल्लेख्य भूमिका पूरा गर्नुपर्छ । उनीहरूले १८ वर्ष नपुगेको कसैलाई पनि व्यक्तिगत कुराकानी (च्याट)मा संलग्न हुन रोक्नुपर्छ र बाल यौन दुराचाजस्ता सामग्रीलाई सोही समयमै हटाउन सक्नेगरी सर्च इन्जिनको प्राविधिक सम्बन्धसमेत सुदृढ गर्नुपर्छ । यस अतिरिक्त डिजिटल भुक्तानी कम्पनीहरूले पनि यस्ता सामग्री किन्ने ग्राहक पहिचान गर्न कानुन कार्यान्वयन गर्ने निकायलाई सघाउनुपर्छ । 

बाल मैत्री विश्वका लागि कानुन कार्यान्वयन निकाय, कम्पनीहरू, नागरिक समाज, धार्मिक संस्थाहरू, स्वास्थ्य सेवा प्रदायकहरू र युवा संगठनहरूबीच वास्तविक सहयोग आवश्यक छ । विश्वका ठूला चुनौतीहरू सम्बोधन गर्न साझेदारीको महत्त्वमा जोड दिने संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्यको भावनाअनुरूप यो सहयोग हुनु जरुरी छ । 

विश्वका नेताहरूसमक्ष यौन शोषणका लागि हुने अनलाइन बाल ओसारपसारलाई बाध्यात्मक अन्तर्राष्ट्रिय अपराध बनाउनका लागि आग्रह गरिरहेको छु । अनलाइन बाल यौन दुव्र्यवहारविरुद्ध संघर्ष गर्ने हामी सबैले उत्तम अभ्यासहरू र हाम्रा विभिन्न अनुभव आदानप्रदान गर्नुपर्छ । पीडितहरूलाई परिवर्तनका वाहक बनाउने नीति अपनाउनुपर्छ र पीडितहरूलाई पुनर्जीवन हासिल गर्ने अवसर जुटाउन चाहिएका बेला पर्याप्त सहयोग उपलब्ध गराउनुपर्छ ।  

विज्ञान र प्रविधिको शताब्दीयौं लामो प्रगति मानव स्वतन्त्रताको यात्रा हुनपुगेको छ । हालै भएको डिजिटल प्रविधिको तीव्र वृद्धिले पनि बृहत् वैयकितक स्वतन्त्रताको सम्भावना बढाएको छ । परन्तु, यही प्रविधिलाई अपराधीहरूले करोडौं निर्दोष व्यक्तिहरूलाई बधुँवा बनाएर र यौन दुव्र्यवहारमा लगाएर नाफा कमाउन प्रयोग गरेका छन् । ती पीडितहरू बालबालिका हुन् हाम्रा बालबालिका । तिनलाई बचाउन तत्काल क्रियाशील हुनैपर्छ । 

(बाह्रखरी तथा प्रोजेक्ट सिन्डिकेटको सहकार्य)

(नोबल शान्ति पुस्कारबाट सम्मानित तथा ग्लोबल मार्च एगेन्स्ट चाइल्ड लेबर का मानार्थ अध्यक्ष )
 Copyright: Project Syndicate, 2019.


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १४, २०७६  १०:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय