site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । साहित्यकार सरिता अर्यालको नियात्रा सङ्ग्रह ‘मेरो अपहरण’ सार्वजनिक भएको छ । यहाँ आज आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले एक समारोहका बीच पुस्तक सार्वजनिक गरे । 
 
उनले मेरो अपहरण पुस्तक एउटा ऐतिहासिक कृति रहेको उल्लेख गर्दै  विगतका द्वन्द्व, त्यसमा भएका प्रमुख घटना र कमजोरी पुस्तकमा रहेको बताए । प्रदेश सभासद  कुर्मराज शाहीले अपहरणको बेलाको लेखकले आफ्नो मनस्थिति कस्तो भएको थियो प्रष्ट्याएको बताए । 
 
साहित्यकार तारानाथ शर्माले माओवादी र सरकार पक्ष दुवैका कुरा सुनेर तथस्ट भएर जनयुद्धका विषयमा लेखिएको यो नै प्रथम कृति भएको बताए ।  प्रतीक ढकालले पीडाले मान्छेलाई लेख्न बाध्य बनाउँछ भन्दै, म मारिदैछु भन्ने ठाउँबाट फर्केर आउँदा कस्तो अनुभूत हुन्छ त्यही अनुभवको दसीको रुपमा पुस्तक रहेको बताए । 
 
अन्तर्राष्ट्रिय साहित्य समाजका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीले माओवादी द्वन्द्वको समयमा नेपालीले भोगेका अनुभव र अनुभूति पुस्तकमा रहेको बताए । लेखिका अर्यालले जनयुद्धको समयमा कालिकोटमा सरकार र तत्कालीन माओवादी पक्षद्वारा कालिकोटका जनतामाथि गरिएको बर्बर दमनको बारेमा पुस्तकमा लेखिएको बताए । रासस

प्रकाशित मिति: शनिबार, साउन ११, २०७६  १७:४४
प्रतिक्रिया दिनुहोस्