
काठमाडौं । हलिउड तथा बलिउड अभिनेत्री प्रियंका चोपडाको फिल्म ‘द स्काई ईज पिंक’ टोरोन्टो फिल्म फेस्टिबल (टीआईएफएफ)२०१९ मा छानिएको छ । यो फिल्म एसियाभरबाट एक्लो फिल्म हो, जुन टोरोन्टोको ४४ औं फेस्टिवलमा प्रदर्शन हुँदैछ ।
यो खुशीलाई प्रियंकाले इन्स्टाग्राममा आफ्ना फलोअर्ससँग सेयर गरेकी छिन् । टोरोन्टो फिल्म फेस्टिबलको ‘गाला’मा प्रियंकाको उतm फिल्मको पहिलो प्रिमियर हुन लागेको हो । फिल्ममा प्रियंकाको डबल रोल छ । साथै उनी फिल्मकी प्रोड्युसर पनि बनेकी छिन् । प्रियंकासहित फिल्ममा फरहान अख्तर र जाइरा वासिम पनि मुख्य भूमिकामा देख्न सकिन्छ ।
सोनाली बोजले निर्देशन गरेको ‘द स्काई ईज पिंक’ लाई सिद्धार्थ रोय कपुर, रोनी स्कृभेला र प्रियंका चोपडाले संयुतm रुपमा निर्माण गरेका हुन् । यो फिल्म एक जोडीको २५ वर्ष लामो प्रेमकथामा आधारित छ । जुन टर्मिनल रोगको उपचारमा रहेकी उनीहरुकी साहसिक छोरी आशिया चौधरी मार्फत् व्यतm गरिएको छ । फिल्म भारतीय हलहरुमा ११ अक्टोबरमा रिलिज मिति तोकिएको छ ।