site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
कार्कीको ‘घामको पहाड’ कविता संग्रह सार्वजनिक
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । २०५० दशकदेखि नै कविता लेखनमा सक्रिय कवि प्रतिरोध कार्कीको कविता संग्रह ‘घामको पहाड’ सार्वजनिक भएको छ । कार्कीका गद्य कविताहरुको संग्रह प्रकाशित भएको हो ।
संग्रहमा ३३ वटा कविता रहेका छन् । राष्ट्रियता, सशस्त्र द्वन्द्व, मानवीय संवेदना तथा स्वतन्त्रता जस्ता विषयलाई कविताको विषयवस्तु बनाइएको छ । संग्रहित घामको पहाडमा भाषा विचार आदान प्रदानको सशक्त माध्यम भएकाले भाव अभिव्यक्तिको माध्यम कवितालाई बनाइएको छ । पत्रकारितामा समेत आबद्ध रहेका कार्कीको सो कविता संग्रह आकृति प्रकृति प्रकाशनले बजारमा ल्याएको हो । 

प्रकाशित मिति: बिहीबार, साउन ९, २०७६  १२:३१
प्रतिक्रिया दिनुहोस्