site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
 हामीले गीत चोरी गरेका छैनौंः रामबाबु गुरुङ

काठमाडौं । निर्देशक रामबाबु गुरुङले आफ्नो चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को गीत ‘दुब्यो फुल्यो’ अरु कुनै पनि गीतसँग नमिलेको बताएका छन् ।

सोमबार सार्वजनिक गरिएको ‘दुब्यो फुल्यो’ बोलको गीत ‘कहिले फोटो सिरानीमा’सँग मिलेको भन्ने आरोप आएपछि निर्देशक गुरुङले उक्त चलचित्रसँग आफ्नो गीत नमिलेको दाबी गरेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“आलोक श्रीले संगीत गरेको गीतसँग हाम्रो गीत मिल्यो भनेर उहाँले प्रचारवाजी गर्नुभएछ । मैले सुन्दा मिले जस्तो लाग्दैैन,” निर्देशक गुरुङ बाह्रखरीसँग भन्छन्, “मिल्यो भने सम्बन्धित ठाउँमा जाने हो कि प्रचारबाजी गरेर बस्ने हो ?  कसरी मिल्यो म कुरा गर्छु भनेर मैले आलोकजीसँग भनेको छु । गीत मिलेको छैन भन्नेमा ढुक्क छु । यो प्रचारबाजी मात्रै हो ।”

हेमन्त राना र ऋितिका श्रेष्ठले गाएको ‘दुब्यो फुल्यो’ एसडी योगीले संगीत गरेका छन् ।

यता, ‘कहिले फोटो सिरानीमा’मा आलोक श्रीको संगीत छ भने स्वर कालीप्रसाद बाँस्कोटा र शर्मिला बर्देवाको छ । 

प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६  १४:०३
प्रतिक्रिया दिनुहोस्