
काठमाडौं । वीपी स्मृति दिवसको अवसर पारेर भूगोल साहित्य समाजले आफ्नो पहिलो रचना वाचन कार्यक्रमको थालनी गरेको छ । काठमाडौंमा सोमबार अपरान्ह सम्पन्न उक्त रचना वाचन कार्यक्रमका सभापति तथा अग्रज अनुवाद साहित्यकार रामबहादुर पहाडीले भूगोल साहित्य समाजले थालेको नवीनतम कार्यको प्रशंसा गर्दै आफ्ना रचना गेयात्मक शैलीमा वाचन गरे ।
कार्यक्रमका अतिथि कवि वियोगी बुढाथोकीले ‘साहित्यमा सम्राट पनि नाङगो हुन्छ’ भन्ने बीपी कोइरालाको उक्तिलाई आज पनि सबैले स्मरण गर्नुपर्ने बताए । कार्यक्रममा कवि महेश प्रसाई, लव गाउँले, मुकुन्द अर्याल, नविन नेम्वाङलगायतले बोलेका थिए ।
भूगोल साहित्य समाजको उक्त रचना वाचन कार्यक्रमको पहिलो श्रृँखलामा कविहरू भाग्यशाली अधिकारी, उषा आचार्य, त्रिभुवनचन्द्र वाग्ले, नवराज पुडासैनी, गुप्तबहादुर राना, शेरबहादुर अधिकारी, विनोद नेपाल, दिनेशविक्रम थापा, सुकिता शाह, गंगा आचार्य, शैलेन्द्र शाहलगायतले आफ्नो कविता, गीत, गजल मुक्तक वाचन गरे ।