site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
स्रष्टा केदार ढकाल सम्मानित 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

स्याङजा । स्याङजा जिल्लालाई कार्यक्षेत्र बनाउँदै साहित्यका क्षेत्रमा क्रियाशील स्रष्टा केदार ढकाललाई पुतलीबजार नगरपालिकामा आयोजित एक कार्यक्रममा सम्मानित गरिएको छ । ज्याग्दीखोला साहित्य प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री त्रिलोचन ढकालले ‘बाँच्न गाह्रो भो’ निवन्ध संग्रह र ‘आंँसु र पसिना’ कविता संग्रहका स्रष्टा ढकाललाई सम्मानित गरे । 

कार्यक्रममा पूर्वमन्त्री ढकालले साहित्यकारहरूले निष्पक्ष र निर्भिक ढंगले समाज र देशलाई दिशा दिनुपर्ने बताए ।  प्रतिष्ठानका संस्थापक अध्यक्ष देवेन्द्र लम्सालको सभापतित्वमा सम्पन्न कार्यक्रममा ‘ज्याग्दीखोलाको तरंग’को १५आँै अंक सार्वजनिक गरियो । कार्यक्रममा विश्वप्रेम अधिकारी, रेशम गोतामे, चिन्तु गिरीलगायतले बोलेका थिए । 
 

प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६  ०८:३३
प्रतिक्रिया दिनुहोस्