site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
गर्भावस्थामा पनि एमीको योगा मोह 

काठमाडौं । हलिउड अभिनेत्री एमी ज्याक्सन अहिले गर्भावस्थाको आठौं महिनामा छिन् । हालै उनले बेबी बम्प देखाउँदै गरेका दुई तस्बिर इन्स्टाग्राममा सेयर गरेकी छिन् । तस्बिरमा एमी सेतो ट्राउजर र क्रप खैरो टिसर्टमा योगा गर्दै गरेकी छिन् । 

एमी ती अभिनेत्रीमा पर्छिन्, जो फिटनेस र स्वास्थमा धेरै ध्यान दिने गर्छिन् । उनको यो दैनिकी गर्भावस्थामा पनि कायमै छ । अझ उनले गर्भावस्थामा त दैनिक योगा अपिरहार्य रहेको बताइन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

‘गर्भ भन्दा अघि पनि फिट रहनु मेरो दैनिकीको अभिन्न अंग थियो र अहिले गर्भावस्थाको अन्तिम चरणसम्म पनि यो जारी नै छ । गर्भावस्थामा आउने शारीरिक असहजतालाई व्यायामले कम गर्छ भन्ने कुरा पहिले नै प्रमाणित भैसकेको छ । चाहे त्यो २० मिनेटको हिँडडुल नै किन नहोस् । त्यसैले डाक्टरको सल्लाह लिनुस् र यो अवस्थामा हिँडडुल गरिरहनु होस् । म त दैनिक योगाको कारण आफूलाई स्वास्थ तन्दुरुस्त महसुस गरिरहन्छु,’ उनले भनेकी छन् । 

एमीले समय समयमा आफ्नो बेबी बम्प देखाउँदै जिममा भएको फोटोहरु सेयर गरिरहेकी हुन्छिन् ।
 

प्रकाशित मिति: सोमबार, साउन ६, २०७६  १४:५१
प्रतिक्रिया दिनुहोस्