site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
रेखाको छैटौं फिल्म मंसिरदेखि छायांकनमा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । अभिनेत्री रेखा थापाको निर्माण र रेनाशा वान्तवा राईको निर्देशनमा बन्न लागेको फिल्म आगामी मंसिरदेखि छायांकनमा जाने भएको छ । अभिनेत्री तथा निर्मात्री थापाका अनुसार अहिले स्क्रिप्टको काममा केही हेरफेर भइरहेको छ । 
“हामीले अहिले रिलिज डेट या अरु कुरा भन्दा पनि स्क्रिप्टमै जोड दिइरहेका छौं । किनभने स्क्रिप्ट राम्रो भएन भने फिल्म राम्रो पक्कै हुँदैन । यसै कारण अहिले हाम्रो टिम नै स्क्रिप्टमा लागिरहेको छ,” थापाले बाह्रखरीसँग भनिन् ।
फिल्म २०७७ को तीज या दशैंको छेकोमा रिलिज हुने उनले जानकारी दिइन् । फिल्ममा आफूले महिलाका कुरालाई जोड दिएपनि यो फिल्म ‘कोर फेमिनिस्ट’ अवधारणमा भने नहुने रेखाको भनाइ छ । एक साधारण नेपाली नागरिकदेखि लिएर देशको उच्च पदसम्म पुगेका नेपाली नागरिकलाई सम्बोधन गर्ने खालको फिल्म बन्ने उनले बताइन् । “नेपालीहरु जसले हेरेपनि यो मेरो फिल्म हो, यसमा मेरो कुरा उठाएको छ भन्ने महसुस दर्शकले गर्न पाउनुपर्छ,” उनले भनिन् । 
फिल्म अभिमन्यु निरवीले लेखेका हुन् भने निर्देशन रेनाशा वान्तवा राईले गर्दैछिन् । रेखाले निर्माण गर्ने फिल्ममा रेखा स्वयंले अभिनय गर्नेछिन् । 
 

प्रकाशित मिति: आइतबार, साउन ५, २०७६  १७:३४
प्रतिक्रिया दिनुहोस्