site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
गायिका इन्दिरा भट्टराईको नयाँ गीत बजारमा 

काठमाडौं । गायिका इन्दिरा भट्टराईको नयाँ तिज गीत बजारमा  आएको छ । सुगम संगीतमा सक्रिय भट्टराईको गीतमा शब्द रचना वरिष्ठ गीतकार दिनेश अधिकारीको छ । 

बिहीबार राजधानीमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको ‘नाचौँ मितिनी’ बोलको गीतमा संगीतकार सन्तोष श्रेष्ठले संगीत भरेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त गीतको म्यूजिक भिडियो निर्देशन संम्झना बुढाथोकीले गरेकी छन् । भागिरथा गाहाको कोरियोग्राफी रहेको म्युजिक भिडियोमा सम्झना बुढाथोकी, नितु कोइराला, सदिक्षा रावत र आरोही भट्टराईले अभिनय छ । 

राजु केसीको छायांकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् । 

प्रकाशित मिति: बिहीबार, साउन २, २०७६  १८:०३
प्रतिक्रिया दिनुहोस्