site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
पर्यटन प्रवर्धनका लागि ‘जय सिन्धुभूमि’ सार्वजनिक
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष सन् २०२० मा सिन्धुपाल्चोकमा पर्यटक आकर्षित गर्नका लागि निर्माण गरिएको गीति वृत्तचित्र सार्वजनिक भएको छ । जिल्लाको सञ्चारमाध्यम ओखरेनी साप्ताहिकले निर्माण गरेको गीति वृत्तचित्र ‘जय जन्मभूमि जय सिन्धुभूमि’ यूट्युबमार्फत सार्वजनिक भएको हो ।

वरिष्ठ गायक प्रेमध्वज प्रधानका साथै चन्द्रसिंह घले र मिना सिंहले स्वर भरेको गीतसहितको वृत्तचित्रलाई एसियन म्युजिकले बजारमा ल्याएको हो । शब्द र दृष्यमार्फत जिल्लाका प्रमुख पर्यटकीय स्थल र ऐतिहासिक स्थानको प्रचार गरिएको वृत्तचित्रको गीत सञ्चारकर्मी किशोर बुढाथोकीले रचना गरेका हुन् । 

चन्द्रसिंहले संगीत भरेका हुन् । एक साता लगाएर गीति वृत्तचित्रका लागि दृष्य कैद गरिएको भिडियोको सम्पादन उत्तर रानामगरले गरेका छन् । सन्तोष दाहालले खिचेको ड्रोनमा मिलन शंकरले क्यामेराका साथै र वृत्तचित्रको निर्देशन गरेका हुन् । सरकारले घोषणा गरेको पर्यटन वर्षमा सञ्चारमाध्यमको तर्फबाट आफ्नो जिल्लाको प्रचारका लागि भिडियो निर्माण गरिएको हो । 

प्रकाशित मिति: बिहीबार, साउन २, २०७६  १७:३०
प्रतिक्रिया दिनुहोस्