site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘सुपर ३०’ हेरे भारतीय उपराष्ट्रपतिले
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । अभिनेता ऋित्तिक रोशन उनको पछिल्लो फिल्म ‘सुपर ३०’ को सफलताको खुसी मनाइरहेका छन् । दर्शक तथा समीक्षकबाट राम्रो प्रतिक्रिया पाइरहेको फिल्मलाई हालै भारतका उपराष्ट्रपतिबाट पनि तारिफ मिलेको छ ।

उपराष्ट्रपति भेनकाई नैदुले हालै ऋतिकलगायत ‘सुपर ३०’ का टिमसँग बसेर फिल्म हेरेका छन् । यो कुराको जानकारी उनले ट्विटरमार्फत् टिमसँगको फोटो सेयर गर्दै दिएका छन् । उनले लेखेका छन्, “फिल्म टिम अभिनेता ऋतिक रोशन, निर्माता साजिद नदियादवाला, आनन्द कुमार र उनको परिवारसँग बसेर उपराष्ट्रपति भवनमा फिल्म सुपर ३० हेर्न पाएकोमा खुशी छु ।”

यसको उत्तरमा अभिनेता ऋतिक रोशनले पनि ट्विटमार्फत् नै उपराष्ट्रपतिबाट राम्रो प्रतिक्रिया पाएकोमा गर्व महसुस भएको बताएका छन् । सुपर ३० मा उनले विहारको गणित शिक्षक आनन्द कुमारको भूमिका निभाएका छन् । फिल्ममा गणित शिक्षकले ३० जना प्रतिभावान अल्पसंख्यक विद्यार्थीहरुलाई आईआईटीटी जेईईको प्रवेश परीक्षाको लागि तयार बनाउन सघाउँछन् ।
 

प्रकाशित मिति: बिहीबार, साउन २, २०७६  १७:२६
प्रतिक्रिया दिनुहोस्