site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
अङ्ग्रेजले छाडे पनि अंग्रेजी रहनेछ 

ब्रेक्जिटपश्चात् बेलायतले अनिश्चित भविष्यका साथै युरोपसँग असहज सम्बन्धको पनि सामना गरिरहेको छ । अन्य कुराहरुसँगै देशमा अरू भाषा सिक्न नसक्नुका साथै बेलायतका विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीमा विदेशी भाषाको अध्ययनमा आएको कमीले पनि चिन्ता बढाएको छ । 

अङ्ग्रेजी युरोपियन युनियनको अन्य २२ आधिकारिक भाषामध्ये एउटा हो भने जर्मन तथा फ्रेन्चसँगै यसको तीनवटा कामकाजी भाषामध्ये पनि एउटा हो । यसबाहेक, युरोपमा सबैभन्दा बढी सिकाइने विदेशी भाषा हुनाले पनि यो सर्वाधिक प्रचलित कामकाजी भाषा भएको हो । यसबाट युनियनको बजेटबारेको बैठकमा अङ्ग्रेजी भाषामा मात्र अनुवाद गर्ने निर्णयपछि बैठकै छाडेर हिँड्ने युरोपियन युनियनमा फ्रान्सका राजदूतजस्ता कतिपय भने खुसी छैनन् । 

बेलायतले युरोपियन युनियन छाडे पनि अङ्ग्रेजी त्यसको कामकाजको भाषामात्र माल्टा र आयरल्यान्ड पनि सदस्य रहेका कारण यो युनियनका अन्य निकायले पनि उपयोग गर्ने भाषा रहिरहनेछ ।  विभिन्न भाषा बोल्ने मानिसहरुबीच पनि सामान्य भाषाका रुपमा अङ्ग्रेजीको प्रयोग गर्ने गरिन्छ । अर्को शब्दमा भन्नुपर्दा, मूल अङ्ग्रेजीभाषी कोही नभए पनि कुराकानी भने अङ्ग्रेजीमै चलिरहेको हुनसक्छ ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ब्रिटिस साम्राज्यले आफ्नो उपनिवेशमा सबैतिर अङ्ग्रेजीका लागि दबाब दिएकाले यसको एउटा लामो र भयावह औपनिवेशिक अतीत छ । तर, ब्रिटिस साम्राज्य पतन हुनुको अर्थ अङ्ग्रेजी भाषा पनि समाप्त हुनु भने होइन । यसको विपरीत, अमेरिका जसरी विश्व आर्थिक शक्ति बन्दै गयो त्यसैगरी भूमण्डलीकरणले दुनियाँभर अङ्ग्रेजीको प्रचारप्रसार गरिदियो । यो क्रम अद्यापि जारी छ र यसमा युरोपियन युनियन पनि अपवाद रहेन । 

ईयुको अङ्ग्रेजी 

अनुवादमाथि चलिरहेको मेरो पीएचडीको शोधको एउटा हिस्साका रुपमा मैले ईयुमा काम गर्ने केही ब्रिटिस दोभाषेसँग कुरा गरेँ । उनीहरुको दृष्टिकोणमा ब्रेक्जिटपश्चात् अङ्ग्रेजी सैद्धान्तिकरूपमा कामकाजी भाषा भइरहनेछ । किनभने, फ्रेन्च रजर्मनलाई जोड्नु अथवा अर्को भाषा भित्र्याउनु अव्यवहारिक हुन्छ र ईयुले त्यसमा ठूलो लगानी गर्नु आवश्यक पर्छ । उनीहरुको भनाइमा यसको सट्टा अङ्ग्रेजीको उपयोग जारी रहनेछ तर यसको ‘सेटिङ’ बदलिनेछ । 

ईयुको भाषण यसको एक उदाहरण हो । गैरमातृभाषी वक्ताहरुले गर्ने अङ्ग्रेजीको उपयोग तिनको मूलभाषाबाट प्रभावित हुन्छ र यसको परिणाममा विभिन्न वाक्यांश हुन सक्छ । उदाहरणका लागि, ईयुका विभिन्न निकायभित्र तालिमलाई एउटा गन्न सकिने संज्ञाका रुपमा उपयोग गरिन्छ । तपाइंँ भन्न सक्नुहुन्छ – यो साता मसँग तीनवटा तालिम थिए । ब्रिटिस अङ्ग्रेजीमा तपाईँ यसरी भन्न सक्नुहुन्छ– यो साता मेरा तीन तालिमसत्र थिए । 

यो एउटा सामान्य भाषा वैज्ञानिक बिन्दु (प्वाइन्ट) हो । तर, यसले गैरमातृभाषीमा परेको प्रभावका कारण ईयुका निकायभित्र अङ्ग्रेजीमा परिवर्तन आइरहेको देखाउँछ । अहिले मूलभाषाका रुपमा अङ्ग्रेजी बोल्ने अनुवादक तथा सम्पादकले यस्तो परिवर्तनको सीमालाई सीमित गर्छन् विशेषगरी सर्वसाधारणका निम्ति तयार पारिने आलेखमा । 

बेलायतले ईयु छाडेका खण्डमा अङ्ग्रेजी बोल्ने विदेशीलाई उल्लेख्य रुपमा कम गरिनेछ । किनभने ईयुका निकायमा काम गर्नका लागि त्यहीँको राहदानी आवश्यक पर्छ । मान्छेहरु सेवानिवृत्त हुनेछन् र कमैमात्र विदेशीले ईयुमा काम गर्नेछन् । यसको अर्थ यी सन्दर्भहरुमा अङ्ग्रेजीको उपयोगमा उनीहरुको प्रभाव कम हुनेछ । यसको मतलब, ईयु सम्भवतः तीव्र गतिमा ब्रिटिस इङ्लिसबाट टाढा हुनेछ ।

भाषा वैज्ञानिक परिवर्तन 

अङ्ग्रेजीमाथिको यो स्तरको परिवर्तन कुनै नयाँ कुरा होइन । सिङ्गापुर या सिङ्गापुरे अङ्ग्रेजी (सिङ्लिस)को जरा औपनिवेशिक शासनमा देखिन्छ । ब्रिटिसबाट स्वतन्त्र भएपछि सिङ्गापुरको आप्रवासी इतिहासलाई प्रतिविम्बित गर्ने भाषाको व्याकरण, शब्दावली एकीकृत हुन थाल्यो जसमा विशेषगरी मलय, क्यान्टोनिज, मन्डारिन र तमिल सामेल छ । यो भाषाको हाइब्रिडले एकल शब्द र अभिव्यक्तिको विकास ग¥यो । र, सिङ्लिसले प्रवासी मानिस, तिनको संस्कृति, नयाँ प्रविधि तथा सामाजिक परिवर्तनलाई विकसित गरिदियो । 

ईयुको इङ्लिस कुनै पनि दिन आफ्नो अस्तित्वबाट कति धेरै टाढा जानेछ भन्ने अब समयले नै बताउनेछ । मैले कुरा गरेको एक अनुवादकका अनुसार ‘उनले बेलायतलाई ईयुमै रहन भनेका छन् तर पनि ईयुका निकायको अङ्ग्रेजी भने बदलिई नै रहनेछ ।’ ती अनुवादकले भने, ‘‘ब्रिटिस अङ्ग्रेजी मूलभाषाका रुपमा हामीसँग नभए पनि यो सबैका लागि रहेको छ ।’’

दैनिक जीवनमा अङ्ग्रेजीको अन्य भाषासँग नियमित सम्पर्क र उपयोग हुनुको अर्थ अन्य भाषामाथिको स्वामित्वको भावना बढ्नु हो ।  अङ्गेजीको सर्वव्यापकतालाई कहिलेकाहीँ विश्वमञ्चमा ब्रिटेन–अमेरिकाको स्थायी महत्त्वका रुपमा हेरिन्छ । मैले शोध गरेको अनुवादले अङ्ग्रेजी बोल्ने देश कति उदासीन छन् भन्ने देखाउँछ । 
यसको अर्थ के होइन भने यी मुलुकका आर्थिक, सांस्कृतिक तथा सैन्य शक्ति खारेज गरिदिनुपर्छ ।

तर, अङ्ग्रेजीको उपयोग ती भाषाहरुमध्ये एउटा आमभाषाका रुपमा गरिन्छ तर त्यसमा ती देशलाई सामेल गरिँदैन भन्ने तथ्यलाई बदल्दैन । उदाहरणका लागि, एकजना स्लोभेनियाली साइकल यात्रीसँग उनको क्रियाकलापबारे फ्रान्सेली पत्रकारद्वारा साइकलयात्रासम्बन्धी इटालियन कार्यक्रम ‘गिरो डे इटालिया’मा अङ्ग्रेजीमा अन्तरवार्ता गरियो ।

भाषिक विविधतामा के स्पष्ट गर्नु जरुरी छ भने हामी मानिसले विभिन्न प्रकारका भाषा र बोलीचालीलाई गुमाउनु हुँदैन र यसका लागि कुनै ठूलै काम गरिनुपर्छ । यति भन्दाभन्दै पनि के भुल्नुहुँदैन भने अङ्ग्रेजीले आफ्ना मूलवक्ताहरुबाट एउटा साझा भाषाको रुपमा विशिष्ट भूमिका विकसित गरेको छ । यसले तीव्र गतिमा भूमण्डलीकृत दुनियाँमा सञ्चारको सुविधा प्रदान गरेको छ । 

(एम्मा सेडन स्कुल अफ जियोग्राफी, पोलिटिक्स एन्ड सोसियोलोजी, न्युक्यासल युनिभर्सिटीकी पीएडी शोधार्थी हुन् । (स्क्रोलडटइनमा प्रकाशित सामग्रीमा आधारित)  


 

प्रकाशित मिति: बुधबार, साउन १, २०७६  ०९:५३
प्रतिक्रिया दिनुहोस्