site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
डेब्यू निर्देशनमै विनोदलाई राष्ट्रिय चलचित्र अवार्ड

काठमाडौं । निर्देशक विनोद पौडेलले डेब्यू निर्देशनमै राष्ट्रिय चलचित्र अवार्ड जितेका छन् । गत वर्ष विनोदले निर्देशन गरेको चलचित्र ‘बुलबुल’बाट उनले उत्कृष्ट निर्देशकको अवार्ड हात पारेका हुन् ।

उक्त अवार्ड चलचित्र विकास बोर्डले प्रदान गर्दै आएको छ । बोर्डले अवार्ड शुक्रबार वितरण गरेको थियो । चलचित्र ‘बुलबुल’ बाटै स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

‘बुलबुल’ विदेशी गएको श्रीमान पर्खेर बुद्ध शसुरा र सानी छोरीलाई आफ्नै श्रमको कमाइले पालेर बसिरहेकी महिलाको कथा हो । यसमा स्वस्तिमा टेम्पो चालकका रुपमा छिन् । 

चलचित्रको कथा निर्देशक विनोद पौडेल स्वयम्ले लेखेका हुन् । विनाद फिल्म कलेज ओस्कार इन्टरनेशनल कलेजका प्रिन्सिपल पनि हुन् । 
 

प्रकाशित मिति: शनिबार, असार २८, २०७६  ०८:१८
प्रतिक्रिया दिनुहोस्