site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
विनोद उत्कृष्ट निर्देशक, विपीन र स्वस्तिमालाई उत्कृष्ट अभिनेता र अभिनेत्री अवार्ड 

काठमाडौं । वि.सं २०७५ सालको राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट निर्देशकको अवार्ड विनोद पौडेलले हात पारेका छन् । चलचित्र ‘बुलबुल’बाट पौडेलले उत्कृष्ट निर्देशकको अवार्ड बाजी मारेका हुन् । 

दीपेन्द्र लामा निर्देशित चलचित्र ‘गोपी’ उत्कृष्ट चलचित्र घोषित हुँदा उत्कृष्ट लेखन (कथा, पटकथा र संवाद)तर्फको अवार्ड सामिप्यराज तिमलसेनाले पाए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उत्कृष्ट अभिनेताको अवार्ड ‘प्रसाद’बाट विपीन कार्कीले आफ्नो पोल्टामा पर्दा ‘बुलबुल’बाट स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड वाजी मारिन् । 

कसलाई कुन अवार्डः

राष्ट्रिय चलचित्र पुरस्कारबाट पुरस्कृत चलचित्रकर्मीलाई जनही रु. २५ हजार  नगद राशी, प्रमाणपत्र र ट्रफीबाट सम्मान गरिएको थियो । दीर्घ साधना सम्मानबाट सम्मानित हुनुहुने वरिष्ठ चलचित्रकर्मीलाई तीन लनख ५१ हजार १११ रुपैयाँ नगद राशी, ताम्रपत्र तथा दोसल्ला ओढाई सम्मानित गरिएको थियो । 

शुक्रबार चलचित्र विकास बोर्डले राष्ट्रिय चलचित्र पुरस्कार वितरण गरेको हो । राष्ट्रपतिको कार्यालय, शीतल निवासमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले वि.सं. २०७३, २०७४ र २०७५ सालको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान वितरण गरेकी हुन् । 

कार्यक्रममा राष्ट्रपतिले समग्र चलचित्र क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि यस पुरस्कार तथा सम्मान कार्यक्रमले प्रभाव पुग्ने र सबै चलचित्रकर्मीहरुमा थप हौसला र प्रेरणा मिल्ने अपेक्षा लिएको बताइन् ।  
 

प्रकाशित मिति: शनिबार, असार २८, २०७६  ०६:५४
प्रतिक्रिया दिनुहोस्