
काठमाडौं । योगमायासँग सम्बनिधत पुस्तक शुक्रबार सार्वजनिक भएको छ । उत्तम प्रसाद पन्तले लेखेको ‘योगमायाधाम प्रेम नारायण र अन्य साधकहरु’नामक पुस्तक को इतिहासकार पुरुषोत्तम शमसेर जबराल लोकार्पण गरे ।
पुस्तकको बारेमा शरच्चन्द्र वस्तीले भोलि लेख्ने योगमाया मुल पुस्तकको कास्टिङ योगमायाधाम आएको भन्दै मुल पुस्तक कस्तो होला भनेर चासो व्यक्त गरे ।
कार्यक्रममा साहित्यकार निनु चापागाईले पारिजातकै प्रेरणाका कारण योगमायाको अध्ययन अनुसन्धानमा लागेको पन्तले ३५ बर्षपछि पुस्तक ल्याउनु आफैमा अनुपम घटना भएको बताए । कार्यक्रममा योगमाया पुस्तककी लेखक निलम कार्की निहारिकाले योगमायासंग जोडिएको साधकको कथा अतथ्यपरक ढंगमा यो पुस्तकले भनेकोमा खुशी लागेको बताइन् ।
लेखक पन्तले छिट्टै अर्को योगमायाबारेको पुस्तक पनि ल्याउने बताए । पुस्तकमा तीन वटा चिज अनुसन्धान गर्न बाँकि रहेकोले आफुले नलेखेको र अब चॉडै त्यो कुरा पूरा हुने र किताब आउने बताए ।