site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘गीत गजल’को पहिलो गीत रिलिज 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गीत गजल’को पहिलो गीत सार्वजनिक गरिएको छ । रुप पोखरेल र आरोही सिंह स्टारर चलचित्रको भारतको गोवा र नेपालमा छायांकन गरिएको ‘छ कि छैन् तिमिलाई थाहा’ बोलको गीत सार्वजनिक गरिएको हो । 

अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा अञ्जु पन्त र सुरेश लामाको स्वर छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार रुप र आरोही फिचर्ड छन् । 

असोज २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रलाई नितिन चन्दले निर्देशन गरेका छन् । चलचित्रमा रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करनजीत, सान्तवना भट्टराई, भिमा मैनाली बालकलाकार योगीशा खत्री, सुजल खानलगायतका कलाकारको पनि अभिनय रहेको छ । 

प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६  १६:५९
प्रतिक्रिया दिनुहोस्