site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘आज नगद भोलि उधारो’ सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘हजार जुनीसम्म’को दोस्रो गीत सार्वजनिक गरिएको छ । भदौ ६ गतेलाई रिलिज डेट लिएको चलचित्र ‘हजार जुनीसम्म’को दोस्रो गीत ‘आज नगद भोलि उधारो’ सार्वजनिक गरिएको हो ।  

गीतमा एक नारायण भण्डारीको शब्द, बसन्त सापकोटाको संगीत तथा प्रल्हाद तिमिल्सिना, मिना निरौला र दीपाश्री निरौलाको स्वर छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सार्वजनिक गीतको भिडियोमा निर्देशक दीपाश्री निरौला, आर्यन सिग्देल, शिवहरी पौडेल  लगायत फिचर्ड छन् । गीतमा दीपाले भट्टीको साहुनीको रुपमा प्रस्तुत भएकी छिन् । 

गीतमा नायिका स्वस्तिमा खड्का, नव–नायक अखिलेस प्रधान, कलाकार राम चन्द्र अधिकारी, उत्तम केसी लगायतलाई पनि देख्न सकिनेछ । कविराज गहतराजले कोरियोग्राफी रहेको गीतलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् । 

‘नाई नभन्नु ल’ सिरिजका निर्देशक विकासराज आचार्यको निर्देशन रहेको चलचित्रको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् । चलचित्रमा संचिता लुइँटेल, अनुभव रेग्मी लगायतको पनि अभिनय रहेको छ । 

प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६  १४:२०
प्रतिक्रिया दिनुहोस्