site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
चलचित्र ‘साइनो’को ट्रेलर सार्वजनिक 

काठमाडौं । नेपाली कथानक चलचित्र ‘साइनो’को ट्रेलर सार्वजनिक गरिएको छ । नेपाली चलचित्रकी प्रथम नायिका भूवन थापा चन्दले निर्माण गरेको चलचित्र साइनोको ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रको ट्रेलरमा राजकुमार र मिरुनाको प्रेमका साथै अन्य सामाजिक परिस्थितीलाई देखाइएको छ । 

त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र साइनो साउन २४ गतेबाट रिलिज हुँदैछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चलचित्रमा मिरुना मगर, नीता ढुंगाना, भूवन चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, श्याम राई, विशाल पहाडी, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ र नव–कलाकार राजकुमार लगायत अन्यको मुख्य अभिनय छ ।

नवनिर्देशक रमेश थापाको निर्देशनमा तयार भएको चलचित्रमा अभिमन्यू निरवीको लेखन, रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ । 

निर्माता तथा प्रस्तुतकर्ता भुवन थापा चन्दले आफ्नो कलाकारिता मर्न नदिन आफूले चलचित्र बनाएको बताइन् । 

प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६  १४:०६
प्रतिक्रिया दिनुहोस्