site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
अरु घाममा सुटिङ गर्छन्, दीपेन्द्र घाममा सुटिङ रोक्दैछन् 

काठमाडौं । अरु पानी परेपछि सुटिङ रोक्छन् । निर्देशक दीपेन्द्र के खनाल घाम लागेपछि सुटिङ रोक्छन् । पानी पर्छ र सुटिङ गरौंला भनेर यो साता सिन्धुली पुगेका दीपेन्द्र घाम लागेपछि काठमाडौं फर्किए । अहिले उनी झरीको  पर्खाइमा छन् । “हामीले हेरेको सिन्धुलीको लोकेशनमा पुगेर पनि पानी नपरेपछि हामी फर्कियौं,” दीपेन्द्रले भने, “त्यो ठाउँमा साउने झरी शुरु भएपछि सुटिङका लागि जानेछौं ।”

दीपेन्द्र काठमाडौं फर्किएपछि मनसुन सक्रिय भयो । त्यसैले उनी यही झरीमा सुटिङ शुरु गर्दैछन् । उनले निर्देशन गर्न लागेको चलचित्र ‘आमा’को अधिकांश सिन पानीमा रहेको दीपेन्द्र बताउँछन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“स्क्रिप्टमा रहेको सिन म जस्ताको तस्तै उतार्ने छु,” उनले बाह्रखरीसँग भने, “जिरो कम्प्रमाइजमा यो चलचित्र बनाउने मैले कोशिस गरिरहेको छु ।” नेपालमा सामान्यत जस्तो सुकै सिन भएपनि घाममै खिच्ने परम्परा छ । 

सोसल ड्रामा ‘आमा’ दीपेन्द्र आफैँले खिच्दैछन् । चलचित्रको कथा पनि दीपेन्द्र स्वयम्ले लेखेका हुन् । 

फिमेल प्राटागोनिष्ट ‘आमा’मा सुरक्षा पन्त, सरिता गिरी, सुर्यमाला शर्मा मुख्य भूमिकामा छन् । शर्मिला पाण्डेको निर्माण चलचित्र ‘आमा’ फागुन ९ गते प्रदर्शनमा आउने छ । 
 

प्रकाशित मिति: बुधबार, असार २५, २०७६  १६:३४
प्रतिक्रिया दिनुहोस्