site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
गायक प्रकाश सपूत ‘डीएनए क्लोथिङ’को ब्राण्ड एम्बेस्डर
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । गायक प्रकाश सपूत ‘डीएनए क्लोथिङ’ ब्राण्डको एम्बेस्डर भएका छन् । बिगत दुईबर्ष बजारमा आएको कपडाको ब्राण्ड डीएनएले बुधबार प्रकाशलाई ब्राण्ड एम्बेस्डरको घोषणा गरेको हो । 

एक वर्षका लागि ब्राण्ड एम्बेस्डरको रुपमा डीएनएसँग हस्ताक्षर गरेका प्रकाशले आफ्नो लागि यो ठूलो सफलता बताए । “मेरो लागि डीएनएसँग जोडिन पाउनु ठूलो सफलता हो,” प्रकाशले भने, “म यस ब्राण्डसँग जोडिनुको मुख्य कारण देश विदेश छरिएर रहेका युवामाझ छिटो पुग्न सक्नुभन्ने हो ।”

डीएनएको तर्फबाट केदारप्रसाद न्यौपानेले पछिल्लो समय युवापुस्ताको मनमा बस्न सफल भएकै कारण प्रकाशलाई आफ्नो ब्राण्डसँग जोडेको बताए । 
 

प्रकाशित मिति: बुधबार, असार २५, २०७६  १४:५३
प्रतिक्रिया दिनुहोस्