
काठमाडौं । नेपाली कथानक चलचित्र ‘गीत गजल’को पोस्टर सार्वजनिक गरिएको छ । । सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य अभिनेता रुप पोखरेल र अभिनेत्री आरोही सिंह रोमान्टिक अवतारमा प्रस्तुत छन् ।
चलचित्रमा रुप र आरोहीसँगै रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करनजीत, सान्तवना भट्टराई, भिमा मैनाली बालकलाकार योगीशा खत्री, सुजल खानलगायत कलाकारको पनि अभिनय रहेको छ । रुप र आरोही दुबै डेव्यू कलाकार हुन् ।
चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको छ । नीतिन चन्द निर्देशित चलचित्र ‘गीत गजल’ असोज २४ गतेबाट प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।
अस्मित पोखरेलको कथा, पटकथा तथा संवाद, बाबु श्रेष्ठ र सुरेश काफ्लेको छायांकन, अर्जुन पोखरेलको संगीत, निर्देशक नितिन चन्दको कोरियोग्राफी, उत्तम बनेपाली र तेन्जीन भुटियाको ड्रेस डिजाइन, सुदीप कुँवरको मुख्य सहायक निर्देशन, अर्जुन जिसीको सम्पादन रहेको छ ।