site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
मदन पुरस्कारका लागि सातवटा श्रेष्ठ कृति सार्वजनिक
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । मदन पुरस्कार गुठीले मदन पुरस्कार २०७५ का लागि सातवटा श्रेष्ठ सूची सार्वजनिक गरेको छ । सूची तयार पार्न गठित समितिले सानु शर्माको एकादेशमा, विन्दु शर्माको ओक्कल दोक्कल पिपल पात, कुमार नगरकोटीको ज्ञ, छुदेन काविमोको फातसुङ, महेश थापाको मरीचिका, योगेश राजको रणहार र ध्रुव सापकोटाको विचारको लाश सार्वजनिक गरेको हो । 

मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले बुधबार वक्तव्य प्रकाशित गरी जनाए अनुसार गुठीलाई प्राप्त भएका कूल २५७ कृतिहरुबाट छानिएका यी सात पुस्तकमध्ये एकलाई २०७५ सालको मदन पुरस्कार अर्पण गरिने छ ।
 

प्रकाशित मिति: बुधबार, असार २५, २०७६  ११:५४
प्रतिक्रिया दिनुहोस्