साहित्य

काठमाडौं । कूटनीतिज्ञहरूको अनुभूति समेटिएको किताबको खाँचो महसुस गरिएका बेला विष्णु रिजालको सम्पादनमा ‘नेपालको कूटनीतिक अभ्यासः राजदूत अनुभव’ कृति लोकार्पण गरिएको छ ।
मंगलबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पूर्वराजदूहरूको कूटनीतिक अनुभव समेटिएको अनुभूतिपरक कृतिको अनावरण गरिएको हो । विक्रम् सम्वत् २०३० सालपछि विभिन्न देशका लागि राजदूत नियुक्त भएका २० व्यक्तित्वको अनुभवलाई रिजालले पुस्तक आकारमा ढालेका छन् । पुस्तकलाई पराराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले बजारमा ल्याएको हो ।
प्रकाशित मिति: बुधबार, असार २५, २०७६ ११:२१
प्रतिक्रिया दिनुहोस्