site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
कवि जगन्नाथ गुरागाईंको सम्झनामा रचना वाचन सम्पन्न 

काठमाडौं । कवि जगन्नाथ गुरागाईंको ११९ औं जन्मजयन्ती विशेष साहित्यिक कार्यक्रमको आयोजनासहित सम्पन्न भएको छ । काठमाडौंमा सोमबार कवि जगन्नाथ गुरागाईं साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उपस्थित कविहरूले आफ्ना रचना वाचन गरे । 

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार रमेश खकुरेलले ओझेलमा रहेका कवि जगन्नाथको नाममा प्रतिष्ठान खोलेर साहित्यिक कार्यक्रम आयोजना गरिनु सराहनीय कार्य भएको बताए । 
प्रतिष्ठानकी अध्यक्ष राधिका गुरागाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा रोचक घिमिरे, नगेन्द्रराज शर्मा, कुन्ता शर्मा, विधान आचार्य, डा. कृष्णप्रसाद दाहाल, रामप्रसाद पन्त, डा.सुवास घिमिरे र गोकुल अधिकारीले कवि जगन्नाथ गुरागाईको कृतित्वमाथि प्रकाश पारेका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यक्रममा प्रल्हाद पोखरेल, कलानिधि दाहाल, विमल बैद्य, गंगा सुवेदी, लक्ष्मी उप्रेती, सुविद गुरागाई, सुदेश सत्याल, मनोज न्यौपाने, गीता कार्की, पवन आलोक, डम्बर घिमिरे, तोया गौतम, नवराज पुडासैनी, विजयध्यज थापा, सुशीला काफ्लेलगायतले आफ्ना तथा कवि जगन्नाथ गुरागाईको ‘गुणरत्नमाला’ कविता संग्रह भित्रका कविता वाचन गरेका थिए । 
 
वि.सं. १९५७ असार २३ गते ताप्लेजुङमा जन्मिएका कवि जगन्नाथ गुरागाईको कविता कृति ‘गुणरत्नमाला’ भारतको असम र वर्मा (म्यानमा) मा बसोबास गर्दै आएका हरेक नेपाली भाषीको घरमा राख्ने र पढ्ने गरिएको कार्यक्रममा जानकारी गराइएको थियो ।

यो प्रतिष्ठान एक वर्षअघि विराटनगरमा स्थापना गरिएको हो । 
 

प्रकाशित मिति: मंगलबार, असार २४, २०७६  २०:५२
प्रतिक्रिया दिनुहोस्