साहित्य

काठमाडौं । नेपाली कथानक चलचित्र ‘म यस्तो गीत गाउँछु–२’को शुभ मुहूर्त गरिएको छ । मंगलबार गोरखास्थित मनकामना मन्दिरमा पुगेर चलचित्रको शुभ मुहूर्त गरिएको हो ।
सुदर्शन थापाले निर्देशन गर्न लागेको चलचित्रको शुभ मुहूर्तमा मुख्य कलाकार पल शाह र पूजा शर्मा उपस्थित थिए । उनीहरु हेलिकप्टर चढेर गोरखा मनकामना मन्दिर पुगेका थिए ।
‘म यस्तो गीत गाउँछु’मा पनि पूजा र पल नै मुख्य भूमिकामा थिए । चलचित्र फागुन २३ गतेबाट प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असार २४, २०७६ १४:२९
प्रतिक्रिया दिनुहोस्