site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
गायक धिरज राईले फेवातालका दुई सय डुङ्गामा टाँसे स्टिकर

काठमाडौं । गायक धिरज राईले फेवातालका दुई सयवटा डुङ्गामा भगवान गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने स्टिकर टाँसेका छन् । गौतम बुद्ध भारतमा जन्मिएका हुन् भन्ने भ्रम रहेकोभन्दै उनले विदेशी पर्यटकलाई लक्षित गर्दै डुङ्गामा बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने स्टिकर टाँसेका हुन् । 

“पर्यटक सद्भावना दूत पनि हुन् । पोखराको फेवातालमा आउने पर्यटकलाई बुझाउन सकियो भने पनि भ्रम चिर्न सकिन्छ भन्ने उद्देश्यले यो अभियान शुरु गरेको हुँ,” राईले भने । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

साहित्यकार सरुभक्तले प्राज्ञिक तहमा रहेको भ्रम प्राज्ञिक तहमै संघर्ष गरेर चिर्नुपर्ने बताएको राईले जानकारी दिए । गायक राई गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्दै लामो समयदेखि विभिन्न अभियान चलाउँदै आएका छन् ।

भारतले बुद्धको जन्म आफ्नो देशमा रहेकोभन्दै प्रचार गरेपछि उक्त भ्रमलाई चिर्नु उनको अभियानको उद्देश्य हो ।  
 

प्रकाशित मिति: मंगलबार, असार २४, २०७६  १४:१३
प्रतिक्रिया दिनुहोस्