site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नोत्रे दाममा उत्पन्न भावुकता 

उनीहरूको वैयक्तिक वा सामूहिक स्मृतिको अनुपम वस्तु नोत्रे दामको क्याथेड्रल आगाको ज्वालाले भष्म बनाएको देख्दा विश्वास गर्नै नसकेर मानिसहरू प्रार्थना गर्दै, रुँदै वा जप गर्दै गर्दैछन् । यही २०१९ को अप्रिल १५ र १६ का दिन पेरिसमा भएको त्यो आगलागी देख्नेहरूको भावुकताको प्रतिध्वनि संसारभर गुन्जिएको छ । आशा गरौँ, यस दुःखद घटनामा संसारभर देखिएको समानुभूतिको फ्रान्स र त्यसभन्दा बाहिर पनि दूरगामी सकारात्मक प्रभाव पर्नेछ ।

आगलागीपछि जति सहानुभूतिका सन्देशहरू (अन्तर्वार्ताको अनुरोध ) त मैले सन् २०१५ मा फ्रान्सको राजधानीमा भएका रक्तरञ्जित आतंकवादी हमलापछि पनि पाएको थिइन । यस्ता सन्देशहरू अस्ट्रेलिया, जापान, अमेरिका, बेलायत, द नेदरल्यान्डस र अरू कैयौं मुलुकहरूबाट आएका छन् । 

आगलागीको लगत्तै क्याथेड्रलको पुनर्निर्माणमा सहयोग जुटाउन फ्रान्सबाट मात्र हैन संसारभरबाट एकै दिनमा करोडौं युरो प्रदान गर्ने वचन दिइएको छ । खासगरी सेप्टेम्बर ११, २०११ को आतंककारी हमलापछिको पीडामा सहानुभूति प्रकट गर्ने क्याथेड्रलको सहयोगका लागि अमेरिकाका धनी दाताहरूले शीघ्रता देखाए । 

Prabhu Bank
Agni Group
NIC Asia

यो आठ सय वर्ष पुरानो भवन पृथ्वीको जीवन, करोडौं शरणार्थीको अवस्था वा विश्वका गरिबहरूको दयनीय स्थितिभन्दा पनि महत्त्वपूर्ण हो भने जसरी देखिएको यस प्रकारको सकारात्मक भावुकताले केहीलाई चकित बनाएको हुनसक्छ । लाग्छ, हामीलाई भविष्यको रक्षा गर्नभन्दा परम्पराको रक्षा गर्ने कार्य बढी सहज हुन्छ । हामी मानव जीवनभन्दा ऐतिहासिक भवनहरूको संरक्षण जो गर्छौँ ।

तैपनि म आगलागीबाट उत्पन्न भावनाका बारेमा बुझ्छु र म पनि उत्तिकै भावुक भएको छु । साथै, यो स्मारक भविष्यका सन्तानलाई हस्तान्तरण गर्ने हाम्रो दायित्व हो भन्नेमा पनि सहमत छु । नोत्रे दाम मेरा हजुरबासँग पनि जोडिएको थियो र यो मेरा नातिनातिनासँग पनि जोडिई रहोस् भन्ने मेरो चाहना छ । हाम्रो छोटो जिन्दगीमा मानवका रूपमा आफ्नो वरपरका परिवेशको सुधार वा संरक्षण हाम्रो सामूहिक कर्तव्य हो भने यस क्याथेड्रलको भाग्य अवश्य पनि स्वाभाविक प्राथमिकता हो । म मेरो पुस्ताले नोत्रे दामलाई विश्वमै शान्ति र सुन्दरताको प्रतीकका रूपमा  जस्ताको तस्तै पुनर्निर्माण गरेको वा सके अझ सुन्दर बनाएको इतिहासले देखोस् भन्ने चाहन्छु ।

Global Ime bank

म इसाई हैन । तर, पेरिसवासी, फ्रेन्च, युरोपेली र अझ भनौ न विश्व नागरिकका रुपमा नोत्र दाममा आगो लाग्दा विशेषज्ञहरू सिंगै क्याथेड्रल ध्वस्त हुनसक्ने भयले स्तब्ध भएको थिएँ । त्यस भवनमा आगोलागे पनि त्यो ध्वस्त हुनु अगावै खरानीको थुप्रो नबन्दै मेरो स्मृतिमा सँगालेर राख्न म त्यहाँ दौडेर पुगेको थिएँ । मलाई लागेको थियो नोत्रे दाम मेरो आफ्नै हो यो मेरो इतिहास र जीवनकै अभिन्न अंग हो ।  

पहिले पनि लाखौंपटक हामीले यसै भनेको हुनुपर्छ । नेपोलियनको राज्याभिषेक सन् १८०४ को डिसेम्बरमा नोत्र दाममै गरिएको थियो । त्यसको एक पुस्तापछि फ्रान्सका महान् साहित्यकार भिक्टर ह्युगोले आफ्नो उपन्यास ‘द हन्चब्याक अफ नोत्र दाम’ मा यस क्याथेड्रललाई अमर बनाए । उनको यस उपन्यासमा थुप्रै सफल फिल्म र संगीत नाटिका बनाइए । सन् १९४४ को अगस्टमा दोस्रो विश्वयुद्धमा पेरिस मुक्त भएको विजयोत्सव मनाउन सहर पूरै शान्त भइनसक्तै चाल्र्स डे गाल यही उपस्थित भएका थिए । 

परन्तु, किन संसारभरका करोडौं व्यक्तिमा मेरैजस्ता भावना उत्पन्न भयो ? भयानक आगलागीबाट लगभग ध्वस्त क्याथेड्रलको सौन्दर्य पक्कै पनि यसको एउटा कारण हो । मेरी एक मित्रले त्यस आगलागीलाई ‘लोमहर्षक आतंक’ भनिन् । उनको बार्दलीबाट सेइन नदीको देब्रे किनारमा नोत्रे दाम देखिन्छ । सिंगै पेरिस जलिरहेको त छैन तर यसको मुटुमा आगो लागेको छ । साथै, त्यो भयावह ज्वाला दन्किरहेको मुख्य समाचारहरूमा प्रत्यक्ष प्रसारण भइरहेको थियो । फ्रेन्च अधिकारीहरूका अनुसार युरोपको सबैभन्दा धेरै मान्छेले अवलोकन गरेको त्यो स्मारक खरानी हुँदै थियो । क्याथेड्रलप्रति विश्वभर यस्तो मोह जगाउने मुख्य कारक सायद यही ख्याति हो  । 

यस घटनाले मलाई दस वर्ष पहिले अमेरिकी दार्शनिक मार्था नुसबमसँगको भएको एउटा बहसको सम्झना भयो । उनले मुसामा गरिएको एउटा प्रयोगका बारेमा मलाई बताएकी थिइन् । उनका अनुसार कुनै मुसालाई पीडा भएको थाहा पाए भने अरू मुसाले पनि त्यसमा चासो देखाउँथे र अरू बेला पूरै बेवास्ता गर्थे । 

यो विश्वव्यापी भावुकता कम्तीमा तत्कालका लागि कुनै डरलाग्दो सिनेमा सुखान्तमा परिणत भएजस्तै हुनथालेको छ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले यसमा भावुकता व्याप्त रहेको थाहा पाएर त्यसको कुशलतापूर्वक प्रयोग गर्दै आगलागीको घटनापछि राष्ट्रिय एकताको आह्वान गरे । बितेका दुई महिना प्रत्येक सप्ताहान्तमा फ्रान्समा विरोध प्रदर्शन र हिंसा हुने गरेको छ । यस्तै यति चर्को धु्रवीकरणको अनुभव पनि फ्रान्समा हालसाल भएको थिएन । परन्तु, म्याक्रोंले अकस्मात एउटा अचुक तर्क फेला पारे – यस्तो दुःखद अवस्थामा सानातिना विवाद थाती राखेर उदारता र सामूहिक उत्तरदायिता अपनाउनु आवश्यक छ ।

यस्ता घटनापछि उत्पन्न हुने सकारात्मक भावुकता प्रायः सघन तर छोटो समयको हुन्छ । सम्भवतः यसपटक पनि फरक नहोला । नोत्रे दामको घटना र त्यसलाई फ्रान्सका राष्ट्रपति म्याक्रोंले गरेको सम्बोधनले युरोपियन संसद्को आसन्न निर्वाचनमा उनलाई केही सहज हुने निश्चितै छ । बेलायतका पूर्वप्रधानमन्त्री ह्यारोल्ड विल्सन भन्नेगर्थे राजनीतिमा एक साता निकै लामो समय हो । युरोपियन संसद्को चुनाव त एक महिना पर छ । 

(इन्स्टिच्युट मोंटाइग्नेका सिनिएर काउन्सिलर )

Copyright: Project Syndicate, 2019. 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १३, २०७६  १८:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय