site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काम छाडेर भागेको मेलम्ची ठेकेदारले माग्यो साढे दुई अर्ब

काठमाडौं । मेलम्ची आयोजनामा ‘काम छोडेर भोगेको’ भनिएको इटालीको सीएमसी कम्पनीले सरकारसँग २ अर्ब ५२ करोड रुपैयाँ क्षतिपूर्ति मागेको खुलेको छ । सीएसीले गत फागुन २७ मा खानेपानी मन्त्रालयलाई पत्र पठाउँदै भूकम्प तथा नाकाबन्दीमा धेरै काम गर्नुपरेको र नेपाली सब–कन्ट्रयाक्टरहरुलाई रकम तिर्न बाँकी रहेको भन्दै उक्त रकम माग गरेको हो ।

पुस ३ गते सीएमसीले मेलम्ची आयोजनाको काम छोडेर क्रिसमस र नयाँ वर्ष मनाउन भन्दै इटाली फर्किएको थियो । बुधबार सिंहदरमा बसेको संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा समिति सदस्य सुरेन्द्रराज पाण्डेले नाकाबन्दीलगायतका कारण सो आयोजना निर्माणको क्रममा भएको क्षतिबापत सरकारसँग सीएमसीले २ अर्ब ५२ करोड रुपैयाँ माग गरेको जानकारी दिए ।

खानेपानी मन्त्रालयका अनुसार मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्न २ अर्ब ४५ करोड रुपैयाँ लाग्ने देखिएको छ । सीएमसीलाई नै आयोजनाको काममा बोलाउँदा क्षतिपूर्तिबापतको रकम बढी तिर्नुपर्ने दायित्व सरकारलाई रहेको छ ।

आयोजनामा अर्को नयाँ कम्पनी ल्याउन ग्लोबल टेन्डरको लामो प्रक्रिया अपनाउनुपर्ने बाध्यता छ । समितिका सदस्य पाण्डेले २ अर्ब ५२ करोड रुपैयाँ क्षतिपूर्ति तिरेर आयोजनाको बाँकी काम सिएमसी कम्पनीबाटै गराउनुभन्दा २ अर्ब ४५ करोड रुपैयाँमा आयोजनाको काम सम्पन्न गर्न उपयुक्त हुने बताएका थिए । 

केही साताअघि एक कार्यक्रममा खानेपानी मन्त्री बिना मगरले सीएमसीलाई काममा बोलाउँदा टेन्डरको प्रक्रियाका लागि लाग्ने समय बचत हुने बताएकी थिइन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १३, २०७५  १६:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro