site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकार बनेदेखि नै मन्त्री फेर्ने हल्ला, ओलीलाई पार्टीबाटै असहयोग

काठमाडौं । गएको मंगलबार नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री हेरफेर गर्नेबारे प्रधानमन्त्री केपी ओलीसँग कुराकानी भइरहेको बताए । पार्टी कामको सिलसिलामा विराटनगर पुगेका अध्यक्ष प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री हेरफेर हुने स्पष्ट सङ्केत दिएका थिए ।

तर, भोलिपल्टै (बुधबार) नेपाल टेलिभिजनबाट प्रशारण भएको ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री ओलीले तत्काल मन्त्री नफेरिने जानकारी दिए । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आइतबार विराटनगर पुगेर पनि मन्त्री हेरफेर नहुने र मन्त्री हेरफेर हुने कुरा हल्लामात्रै भएको स्पष्ट पारिसकेका छन् । तथापि छापा एवम् विद्युतीय समाचारमाध्यममा मन्त्री हेरफेरका समाचार बन्न छाडेका छैनन् ।

“मन्त्री हेरफेरको हल्ला किन चल्दैछ ?,” भन्ने बाह्रखरीको जिज्ञासामा प्रधानमन्त्रीको सचिवालय स्रोत आश्चर्य प्रकट गर्छ, “खै कताबाट मन्त्री हेरफेरको हल्ला चलिरहेको छ, प्रधानमन्त्री कार्यालयलाई नै जानकारी छैन ।”

स्रोतका अनुसार मन्त्री हेरफेरको हल्लाबाट प्रधानमन्त्री स्वयम्लाई पनि आश्चर्यमा पारेको छ भने कर्मचारीले टेर्न छाडेको, काम गर्ने जाँगर चिसिएको गुनासो बोकेर मन्त्रीहरू प्रधानमन्त्री कार्यालय धाउन थालेका छन् ।

प्रधानमन्त्रीलाई पार्टीभित्रैबाट असहयोग !
समाचारमाध्यमबाट मात्रै होइन, पार्टीका जिम्मेवार तह र तप्काका नेताबाट पनि ‘अमुक मन्त्री डेन्जर जोनमा,’ ‘अमुक मन्त्रीको कामकारबाहीप्रति प्रधानमन्त्री कार्यालय सन्तुष्ट छैन’ भन्ने प्रकृतिका मनगढन्ते कुरा बाहिर आइरहेको प्रधानमन्त्री कार्यालय बताउँछ । यसले सरकारको डेलिभरी (सेवाप्रवाह) मात्र नभई पर्फर्मेन्स (समग्र प्रस्तुति) मै असर पार्न थालेको र कतिपय विभिन्न स्वार्थ समूहले नै चलखेल गर्न थालेको प्रधानमन्त्री कार्यालयको विश्लेषण छ ।

मन्त्री र मन्त्रालय परिवर्तनको हल्ला चलाइँदा विभागीय मन्त्रीहरूको काम गर्ने मनस्थितिमा फेरबदल आइरहेको र यसले अस्थिरतालाई प्रश्रय दिएको प्रधानमन्त्री स्रोतको भनाइ छ ।
मन्त्रिपरिषद् हेरफेरको हल्ला पार्टी बाहिरबाट चलेको होइन । नेकपाभित्रै यो बहस र छलफलको विषय बनेको छ । र, यसको उठानकर्ता हुन्– पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ।

प्रचण्डले पहिलोपल्ट २० भदौका दिन राजनीतिक बिटमा कलम चलाउने पत्रकारहरूलाई निवासमा बोलाएर मन्त्री हेरफेर गरेर भए पनि सरकारको सेवाप्रवाहलाई जनमुखी बनाइने बताएका थिए ।

प्रचण्डले पटकपटक मन्त्री हेरफेर हुने बताए पनि अर्का अध्यक्ष ओलीले यसको खण्डन गर्दै आएका छन् ।

“मन्त्री हेरफेरको तजबिज प्रधानमन्त्री मै निहित कुरा भए पनि तत्काल मन्त्री फेरिँदैनन्,” प्रधानमन्त्रीको सचिवालय स्रोत दाबी गर्छ, “ज–जसले मन्त्री हेरफेरको हल्ला चलाएका छन्, त्यो सरकारलाई असहयोग नै हो ।”

सरकार गठन भएको ६ महिना नबित्दैदेखि मन्त्री परिवर्तनको हल्ला चलेकाले अहिले सबैजसो मन्त्रीले असुरक्षित, अस्थायी मानसिकतामा काम गरिरहेको स्रोत बताउँछ ।

“पहिलोपटक अध्यक्षले मन्त्रिपरिषद् हेरफेर गर्नुपर्छ भन्दा दिवंगत मन्त्री रवीन्द्र अधिकारीले त प्रधानमन्त्रीको सचिवालयमै आएर भन्नुभयो– कि हटाइदिइहाले हुन्थ्यो, कि खुरुखुरु काम गर्न दिए हुन्थ्यो । मन्त्री फेरिने हल्ला व्यापक हुँदा काम गर्नै गाह्रो भो । कर्मचारीले टेर्न छाडे,” अधिकारीको उतिबेलाको भनाइ उद्धृत गर्दै स्रोत भन्छ ।

त्यसपछि पनि केही मन्त्रीले प्रधानमन्त्रीसँग यसबारेमा गुनासो गरेको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो ।

“साँच्चिकै फेरिँदैनन् त मन्त्री ?,” भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री कार्यालय स्रोतको दाबी छ– प्रधानमन्त्री तत्काल मन्त्री हेरफेर गर्ने पक्षमा छै्रनन् । यही चैत १५ र १६ गते काठमाडौंमा लगानी सम्मेलनको आयोजना गरेकाले सरकार त्यही काममा व्यस्त छ । त्यसयता मन्त्री हेरफेरको कुनै सम्भावना नरहेको प्रधानमन्त्रीको सचिवालयको जिकिर छ ।

फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ५, २०७५  १३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro