site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
देउवाको जिल्ला पुगेर प्रधानमन्त्री ओलीले भने– विकासको जिम्मा मलाई दिनुहोस्

डडेलधुरा । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको जिम्मा आफूले लिने बताएका छन् ।

डडेलधुराको स्याउलेमा नेपाल विद्युत प्राधिकरणको स्याउले १२३–३३–११ केभीको सबस्टेसनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले अघिल्लो पटक आफू प्रधानमन्त्री भएका बेला निर्माण सुरु भएको यो केन्द्रले यस क्षेत्रमा विद्युत् वितरण र व्यवस्थापन गर्ने बताए ।

“अब डडेलधुराबासीले चिन्ता लिनु पर्दैन,विकासको जिम्मा मेरो भयो,” प्रधानमन्त्री ओलीले भने, “तपाईँहरुको आवश्यकता के के छन् माननीयहरुमार्फत् पठाउनुहोस । पूरा गर्ने जिम्मा मेरो भयो ।” प्रधानमन्त्री ओलीले पश्चिम सेती परियोजना जसरी निर्माण हुने बताए ।
“म प्रधानमन्त्री हुँदाहुँदै पश्चिम सेती निर्माण हुन्छ,” प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले डडेलधुरा अब पछि परिरहनु उपयुक्त नहुने बताए । “डडेलधुरा विकासमा पछि पर्नु लाजमर्दो कुरा हो,” प्रधानमन्त्री ओलीले भने, “अब सिंगै सुदुरपश्चिम अगाडि बढ्छ । विकसित हुन्छ ।”
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, फागुन ८, २०७५  ०५:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro