site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतविरुद्ध न्युजिल्याण्ड ८ विकेटले विजयी

काठमाडौं । तिव्र गतिका बलर टेन्ट बोल्टको कसिलो बलिङमा घरेलु टोली न्युजिल्याण्डले भारतविरुद्धको चौथो एकदिवसीय खेलमा ८ विकेटको जित निकालेको छ । ९३ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले १४ दशमलव ४ ओभरमा २ विकेटको क्षतिमा भेट्टाएको हो ।  न्युजिल्याण्डको जितमा रोस टेयलरले अविजित ३७ तथा हेनरी निकोसले ३० रन बनाए । 

मार्टिन गुप्टीलले १४ र कप्तान केन विलिम्सनले ११ रन जोडे । भारतका भुवनेश्वर कुमारले २ लिए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पाहुना टोली भारत ३० दशमलव ५ ओभरमा ९२ रनमा अल आउट भएको थियो । नियमित कप्तान विराट कोहली र महेन्द्रसिह धोनीबिना मैदान उत्रिएको भारतका लागि युजवेन्द्र चाहालले सर्वाधिक १८ रन बनाउनु बाहेक अन्यको प्रदर्शन फितलो रह्यो । 

हार्दिक पाण्डेयाले १६ रन, कुलदिप यादवले १५ तथा शिखर धवन १३ रन बनाए । न्युजिल्याण्डका टेन्ट बोल्टको कसिलो बलिङमा भारतका ७ खेलाडीले दोहोरो रन बनाउन सकेनन् । बोल्टले पाँच विकेट लिए । कोलन डीले ३ विकेट लिँदा जेम्स निसम र टोड एस्टको नाममा एक–एक विकेट रह्यो । हारपछि भारत पाँच एकदिवसीय सिरिजमा ३–१ ले अगाडि छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १७, २०७५  १३:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro