site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जरिबाना कम हुँदा सवारी दुर्घटना बढेको निष्कर्ष, ट्राफिक प्रहरी भन्छ– कम्तीमा १० हजार बनाउनुपर्छ
SkywellSkywell

काठमाडौं । सवारी नियम मिच्दा हुने जरिबाना रकम कम भएका कारण सडकमा नियम मिच्नेहरूको संख्या बढेको ट्राफिक प्रहरीले निष्कर्ष निकालेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार उपत्यकाका सडकमा आर्थिक वर्ष ०७१-०७२ मा ५ लाख ६९ हजार ६ सय ४० जना सवारी चालक कारबाहीमा परे । 

त्यस्तै, ०७२÷०७३ मा ५ लाख ४८ हजार ४ सय ७० जना सवारी चालक कारबाहीमा परेका थिए । महाशाखाका अनुसार गएको वर्षभन्दा अघिल्लो वर्ष करिब २२ हजार बढीले सवारी नियम मिचे । 

महाशाखाका अनुसार अघिल्ला वर्षहरूमा जरिबाना रकम निकै कम थियो । कारबाही प्रक्रिया पनि फितलो थियो । तर, दुई वर्षयता सवारी नियम मिच्नेलाई हुने जरिबाना रकम बढेको छ र कारबाही प्रक्रिया पनि प्रभावकारी भएको छ । यसले गर्दा नियम मिच्ने प्रवृत्तिमा केही कमी आएको प्रहरीको निष्कर्ष छ ।

KFC Island Ad
NIC Asia

“गएको वैशाख १९ गतेदेखि सडकमा नियम नमान्नेहरूलाई जरिबाना रकम बढी असुल्न थालिएपछि केही सुधार आएको छ,” महानगरीय ट्राफिक प्रमुख डीआईजी प्रकाश अर्याल भन्छन्, “जरिबाना रकम कम अनि कारबाही प्रक्रिया फितलो भएका कारण सवारी नियम मिच्नेहरू बढेका हुन् । त्यसैलाई मनन गरेर जरिबाना रकम बढाइएको हो ।”

नजानेर भन्दा पनि जानेरै सडक नियम मिच्ने धेरै रहेको ट्राफिक प्रहरीको निष्कर्ष छ । “जरिबाना कम भएर पनि लापरबाही गरेका हुन्,” डीआईजी अर्याल भन्छन्, “करोडको गाडी चढ्नेलाई हजार रुपैयाँ जरिबानाको कुनै मतलब हुँदैन । कागजपत्र लिन केही झन्झट भएकाले मात्र सुधार भएको छ ।” जरिबाना रकम बढाएरै सडक नियम मिच्नेलाई ठेगान लगाउनुपर्ने तर्क डीआईजी अर्याल गर्छन् । “यति धेरै जरिबाना रकम होस् कि उसको मुटु पोलोस् । तबमात्र सवारी नियम मिच्नेहरू कम हुन्छन् र सडक पनि सुरक्षित हुन्छ । जरिबाना रकम कम्तीमा पनि १० हजारदेखि सुरु हुनुपर्छ । अनिमात्र सडकमा सवारी लिएर हिँड्नेहरू अनुशासित हुन्छन्,” अर्याल भन्छन् ।

Royal Enfield Island Ad

उनले थपे, “यातायात व्यवस्था विभागले १ सयदेखि जरिबाना रकम बढाएर १५ सयसम्म लिन मिल्ने बनायो । सार्वजनिक सवारी चालकले सडक नै बन्द गराएर आन्दोलन थाले । उनीहरूलाई वास्तवमा सरकारले गल्ती नगर, कारबाहीमा नपर । गल्ती नगरे जरिबाना रकम पनि दिनु पर्दैन भनेको थियो । तर, उनीहरूले त्यो कुरा बुझेनन् ।”

१५ सय रुपैयाँ जरिबाना हुने कसुरहरू 
ट्राफिक संकेत वा इसारा उल्लंघन गरी सवारी चलाएको
सवारी अड्याउन निषेध गरिएको ठाउँ वा समयमा सवारी अड्याएको
सवारी मोड्न वा ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि दिएको
सडकमा गलत साइडबाट सवारी चलाएको
एकतर्फी सडकमा विपरीत दिशाबाट सवारी चलाएको
अवस्था ठिक नभएको सवारी चलाएको
निर्धारित गतिभन्दा बढी गतिमा सवारी चलाएको 
राती बत्ती नबाली सवारी चलाएको 
सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा सवारी चलाएको 
नम्बर प्लेट नराखी सवारी चलाएको
सवारीको वजनको हद निर्धारण गरिएको ठाउँमा वजनभन्दा बढी वजनको सवारी चलाएको 
पेटी नबाँधी वा हेलमेट नलगाई सवारी चलाएको 
सवारीमा बस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धारित गरिएकोमा सो हदभन्दा बढी राखी सवारी चलाएको 
सार्वजनिक सवारीको चालकले यात्री लिन इन्कार गरेको 
तोकिएको भन्दा बढी भाडा लिई सवारी चलाएको 
लापरवाहीका साथ सवारी चलाएको 
बाटो इजाजतपत्र नलिई सार्वजनिक सवारी चलाएको 
लाइसेन्सलगायत अन्य कागजपत्र साथमा नराखी सवारी चलाएको 
(सार्वजनिक यातायात चालकले नेपाल बन्द गराएर आन्दोलन गरेपछि १५ सयबाट घटाएर एक हजार बनाइएको छ)
 

ट्राफिक प्रहरीले गर्न मिल्ने जरिबाना (एक हजार) 
सवारीचालक अनुमतिपत्र प्राप्त नगरी सवारी चलाएको
सार्वजनिक स्थानमा बाधा पुग्नेगरी मालसामान वा सवारी राखेको 
दुर्घटनामा परेको सवारी तथा यात्रीको हानिनोक्सानी पुर्याएको वा सम्पर्कमा नआएको
मादक पदार्थ सेवन गरी सवारी चलाएको

५ सयसम्मको जरिबाना तिर्नुपर्ने कसुरहरू
तोकिएको भन्दा बढी मालसामान राखेको
सवारीको वजन हदभन्दा बढी वजनको सवारी चलाएको
सवारीको अन्य भागमा मानिस तथा मालसामान राखेको
प्रयोजनविपरीत सवारी चलाएको
हेल्मेट नलगाएको
सवारी आवागमनमा बाधा पुर्याएको
अरु सवारीलाई खतरा हुने किसिमले सवारी राखेको

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २०, २०७३  १२:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro