site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पहिलो विश्वयुद्धको बिर्सिएको पाठ

पहिलो विश्वयुद्ध अन्त्य भएको सय वर्ष पुग्यो । अस्ट्रेलिया, क्यानाडा, फ्रान्स र बेलायतमा निकै धुमधामसँग यसको शतवार्षिकी मनाइयो । जर्मनीले दुई देशबीचको मेलमिलापप्रति पुनः प्रतिबद्धता जनाउन फ्रान्सको समारोहमा उच्चस्तरीय प्रतिनिधिमण्डल पठाएर भाग लियो । तर, अर्को विध्वंशकारी युद्ध नहुँदासम्म फ्रान्स र जर्मनीको मेल हुननसक्नाले विशेषगरी प्रायः अदूरदर्शी हुने राजनीतिक नेताहरूका कारण शान्ति कति कमजोर हुनसक्छ भन्ने देखाउँछ । 

क्याम्ब्रिजका इतिहासकार क्रिस्टोफर क्लार्कले पहिलो विश्वयुद्धको आरम्भका सम्बन्धमा लेखिएको आफ्नो पुस्तकको सही शीर्षक राखेका छन् – ‘द स्लिपवाकर्स’ । युरोपका नेताहरूले अदूरदर्शीता, कट्टरता र आत्मरतिका कारण तिनका राष्ट्रहरूलाई युद्धमा होम्दा एउटा सिंगो पुस्ताले सास्ती बेहोर्नुपरेको थियो । 

पहिलो विश्वयुद्ध सुरु हुना लाग्दा औद्योगीकरण र यातायात प्रविधिमा भएको क्रन्तिले युद्धकलामा परिवर्तन भइसकेको त स्पष्ट हुनुपर्ने हो । सन् १८५३ – १८५६को क्रिमिया युद्धमा दसलाख भन्दा बढीको ज्यान गएको थियो भने सन् १८६१ – १८६५ को अमेरिकी गृहयुद्धमा ६ लाखभन्दा बढीको मृत्यु भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

यस्तो अनभव हुँदाहुँदै पनि युरोपका नेताहरू उन्नाइसौं शताब्दीका सामरिक सिद्धान्तकार कार्ल भन क्लाउसेविजको ‘‘युद्ध अर्को साधनबाट गरिएको राजनीति हो’’ भन्ने मान्यतामा अडिइरहे । 

निद्रामा हिँड्नेहरूलाई बिउँझाउन त्यतिले पनि पुगेन । शान्ति कायम भएपछि पनि युरोपका नेताहरू प्रथम विश्वयुद्धले खडा गरेको विभाजन मेटाउन विफल भए । विशेषगरी फ्रान्स र जर्मनीबीचको तनावले अस्थिरता उत्पन्न गरिरह्यो । 

Global Ime bank

युद्धका कारण जर्जर बनेको जर्मनीमाथि अर्बौं डलर क्षतिपूर्तिलगायत कठिन सर्तहरू थोपरिएका कारण युद्धविराममै त्यसको विफलताको झल्को देखिएको थियो । अर्कातिर, अन्तर्राष्ट्रिय निगरानी अत्यन्त कमजोर थियो । लिग अफ नेसन्स एडोल्फ हिटलरले गरेको राइनल्यान्डको सैनिकीकरणजस्तो जोखिमपूर्ण अवस्थामा समेत प्रायः मौन रहन्थ्यो । सन् १९१९ मा अमेरिकी सिनेटले लिग अफ नेसन्सलाई अनुमोदन नगर्दा अमेरिकी राष्ट्रपति वुड्रो विल्सनले प्रवर्धन गरेको अन्तर्राष्ट्रियतावाद र बहुपक्षीयतावादको सिद्धान्तले पनि कुनै मद्दत गरेन ।

यसभन्दा पनि बढी राष्ट्रवादको विष फैलिइरहेका कारण दोस्रो विश्वयुद्ध प्रारम्भ भयो । फ्रेन्च प्रधानमन्त्री जर्जस क्लेमेन्सु कट्टर राष्ट्रवादी थिए र चर्को जर्मनी विरोधी पनि थिए । अमेरिकाजस्तो कुनै शक्तिले मद्दत गर्दा क्लेमेन्सुले जस्तै व्यवहार गर्दा युद्ध त जित्न सकिएला तर शान्ति कायम हुनसक्तैन । कट्टर राष्ट्रवादले स्वाभाविकरूपमा संघर्षतर्फ नै लैजाने हो ।  

तैपनि, आज विश्वको एक जना प्रमुख नेतामध्येका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लगभग क्लेमेन्सुले जस्तै व्यवहार गर्दैछन् । यसको अमेरिकालाई मात्र हैन युरोपमा पनि गम्भीर प्रभाव पर्नसक्छ । यसमाथि, फ्रेन्च राष्ट्रपति इमानुयल म्याक्रोँले ट्रम्पले अस्वीकार गरेको ‘विल्सनेली सिद्धान्त’ अपनाएका छन् । पहिलो र दोस्रो विश्वयुद्धका बीचको समयले स्पष्ट देखाएको छ आधारभूत नियम र सिद्धान्तहरू सबैले स्वीकार नगर्ने हो भने उनीहरूले समर्थन गरेको संस्था दिगो हुनसक्तैन ।  

पहिलो विश्वयुद्धले गर्न नसकेको काम दोस्रो विश्वयुद्धले गरेको थियो । यसले विश्वमा युरोपेली प्रभुत्व समाप्त पार्‍यो । सन् १९४५ पछि युरोप समृद्ध त भयो तर कुनै बेला यहाँका प्रमुख मुलुकहरूले कायम गरेको विश्वको नेतृत्वदायी हैसियत फेरि पाउन भने सकेनन् । फलस्वरूप आजको युरोपियन युनियन बहुपक्षीयतालाई अस्वीकार गरेर राष्ट्रवाद अँगाल्दै गएको अमेरिकाको कृपामा निर्भर भएको छ ।

निश्चय पनि युरोपले अहिले सामना गर्नुपरेको जोखिमहरू उसकै सीमाभित्र छन् । उदाहरणका लागि फ्रान्समा म्याक्रोँको बहुपक्षीयताको चिराग बाल्ने प्रयासविरुद्ध उभिएर धेरैले राष्ट्रपति र त्यसभन्दा पनि इतिहासले दिएको चेतावनीलाई उपेक्षा गर्दैछन् ।
आजको जोखिम के हो भने युद्धका बारेमा अनभिज्ञ पुस्ताबाट हुने घटनाका शृंखलाले युद्धतर्फ डो¥याउँदै छ । यस्तो जोखिमको एउटा उदाहरण ‘येलो भेस्ट’वालाहरूको इन्धनमा लगाइएको वातावरण करविरुद्ध फ्रान्समा भएको प्रदर्शन हो । यस्ता प्रदर्शनहरू म्याक्रोँविरुद्ध पनि लक्षित हुन् । कतिपयले म्याक्रोँलाई उनीहरूको खर्च गर्ने क्षमता कम भएकोमा दोषी जो ठान्छन् । 

प्रदर्शनकारीहरू सम्भवतः उनीहरूले फान्सको राजनीतिमा बेलाबेला दोहोरिने सन् १७८९ को फ्रेन्च क्रान्तिको भावनाको प्रतिनिधित्व गरेको ठान्छन् । यथार्थमा भने उनीहरू सन् १९३० को जस्तै दक्षिणपन्थी र सशस्त्र आन्दोलनलाई दोहो¥याउँदै छन् ।  
यसको तात्पर्य फ्रेन्च नागरिकहरू विशेषगरी युवा सामु असन्तुष्टि प्रकट गर्नुपर्ने विषय नै छैन भन्ने चाहिँ होइन । लामो समयदेखि बेरोजगारी दर निकै उच्च रहेको छ यद्यपि फ्रान्स संरचनात्मक असमानता व्यापक भएको अमेरिकाको जस्ता मुलुकहरूका तुलनामा आर्थिक असमानताको धरापबाट भने उम्केको छ । 

संस्थापनसँग टाढाबाट जोडिएको बौद्धिक व्यक्तित्व वा मूलधारका राजनीतिक दलहरू तथा मजदुर संगठनहरूसँग आबद्ध सबैलाई भावनात्मकरूपमै अस्वीकार गर्ने प्रवृत्तिले  अधिनायकवादीको जालमा पर्ने जोखिम बढाउँछ । यस्ता अधिनायकले सत्ता पाएपछि उत्पन्न हुने जोखिमका सम्बन्धमा इतिहासले स्पष्ट ज्ञान दिन सक्तैन ।  

बितेको एक शताब्दीमा दुनियाँ बदलिएको छ । अर्थतन्त्रहरू पहिलेभन्दा धेरै गहिरोसँग एकापसमा जेलिएका छन् भने आधुनिक शस्त्रास्त्रका कारण हुनसक्ने विध्वंशको मात्राले पनि केहीमात्रामा प्रतिरोध निम्त्याउनेछ ।
परन्तु, लामो समयसम्म रहेको मित्रतालाई चुनौती दिने तथा आणविक क्षेत्रमा गैरजिम्मेवार व्यवहारलगायत ट्रम्पको अस्थिर राष्ट्रपतित्वले हामीले शान्तिका लागि खडा गरेको संरचना चुनौती मुक्त छैनन् भन्ने स्पष्टसँग देखाएको छ । पश्चिममा जनता राष्ट्रवादी तथा लोकप्रियतावादी विचारतर्फ आकृष्ट हुँदै जाँदा हामी पुनः ज्वालामुखीको काखमा रुमल्लिएका छौँ । 

(पेरिसस्थित द इन्स्टिच्युट मोन्टेनका सिनियर काउन्सेलर)
Copyright: Project Syndicate, 2018.


 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०७५  ०९:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय