site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

काठमाडौं । एक दम्पतिले ठगी गर्नकै लागि काठमाडौंमा कम्पनी खोले । उनीहरूले खोलेको कम्पनी, कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता छ । कम्पनीको उद्देश्यमा राखिएको छ, ‘विदेशमा भएको विभिन्न डकुमेन्ट तथा अनुवादको काम अनलाइनमार्फत गर्ने ।’ त्यतिमात्र नभएर उक्त दम्पतिले शाखा कार्यालय खोल्न दिनेसमेत उद्देश्यमा उल्लेख गरेका छन् । 

ठग्ने उद्देश्यले कम्पनी खोलिएको थियो । शाखा कार्यालय खोल्न लगाइयो, ८ जनाबाट करोड रकम उठाएर दम्पति सानदार तरिकाले अपार्टमेन्टमा बस्न थाले । शाखा कार्यालय खोलेका पीडितहरू कार्यालयको भाडा तिर्न नसकेर प्रहरीमा पुगे । 

KFC Island Ad
NIC Asia

प्रहरीले सर्लाही हरिवन नगरपालिका–४ सासापुर घर भई काठमाडौंको सनसिटी आपर्टमेन्टमा बस्ने २० वर्षीया अस्मिता घिमिरे र उनका पति भारतीय नागरिक ३४ वर्षीय विकास द्विवेदीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा यो तथ्य खुलेको हो ।

यो दम्पतिले ठगी गर्नकै लागि आईटी कम्पनी खोलेर राष्ट्रिय स्तरमा दैनिक पत्रिकामा विज्ञापन गर्ने गरेको थियो । महिनाको ६ लाख रुपैयाँ कमाइ हुने आश्वासनका साथ पत्रिकामा विज्ञापन छपाएर उनीहरूले ८ जनाबाट १ करोड ३५ लाख ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

Royal Enfield Island Ad

‘भि इन्फोटेक प्रालि’ नामक कम्पनी खोलेर घिमिरे दम्पतिले महिनाको ६ लाख कमाउन शाखा खोलेर आफैं काम गर्नुपर्ने विज्ञापन गरेका थिए । ११ महिनाको बैंक ग्यारेन्टी भन्दै उनीहरूले पैसा उठाएका थिए । प्रहरीका अनुसार धरौटी भन्दै उनीहरुले एउटा शाखा खोलेको ५ लाख ६० हजार रुपैयाँ लिएका थिए । 

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डीएसपी ईश्वर कार्कीका अनुसार पीडितको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन् । “असोजमा विज्ञापन गरेर त्यति बेलादेखि नै ठगी गर्न थालेछन्,” डीएसपी कार्कीले थपे, “पीडितलाई काठमाडौं र ललितपुरमा कार्यालय खोल्न लगाए, कार्यालय खोलियो, कर्मचारी पनि राखियो । तर काम भने दिइएन । लामो समयसम्म काम नपाएपछि पीडितहरू प्रहरीमा आए ।” 

महिनाको ६ लाख कमाइ हुने भन्दै आश्वासन देखाएर ८ जनालाई ठगी गर्दै भव्य अपार्टमेन्टमा बस्ने घिमिरे दम्पति अहिले महानगरीय प्रहरी परिसर ललितपुरको प्रहरी हिरासत कक्षमा छन् । प्रहरीले उनीहरूविरुद्ध ठगी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १७, २०७३  १३:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro