site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
राष्ट्रपति भण्डारीको भारत भ्रमण फागुनमा
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली (भारत) । राष्ट्रपति विद्यादेवी भण्डारीको बहुप्रतिक्षित भारत भ्रमण फागुनमा हुने भएको छ । माघमा हुने भनिएको भए पनिआन्तरिक कारणले उनको भारत भ्रमण फागुनका लागि तय भएको बताइएको छ । 

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले राष्ट्रपतिको भारत भ्रमणको मिति चाँडै नै तय हुने बताएका छन् । यसअघि केपी ओली प्रधानमन्त्री हँुदा भ्रमणको अन्तिम तयारी भइसके पनि रोकिएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रपतिको भ्रमण स्थगित भएपछि दुई देशबीचको सम्बन्धमा समेत शंका र तनावको स्थिति पैदा भएको थियो । गत कात्तिक १७ देखि १९ गतेसम्म भारतका राष्ट्रपति प्रणव मुखर्जीले नेपाल भ्रमण गरेपछि त्यो शंका र तनावको स्थिति नरहेको जानकारहरू बताउँछन् । भ्रमणका क्रममा मुखर्जीले राष्ट्रपति भण्डारीलाई भारत भ्रमणको निमन्त्रणा गरेका थिए ।

राष्ट्रपति स्वयंले निमन्त्रणा गरेपछि भारतले सम्भावित भ्रमणलाई मध्यनजर गर्दै आफ्नो तर्फबाट सम्पूर्ण तयारी गरेर बसेको स्रोतको भनाइछ ।राजदूत उपाध्यायले राष्ट्रपतिको भ्रमण फागुनमाहुने सम्भावना रहेको बताए । यसअघि राजस्थानको उज्यैनमा सम्पन्न १२ वर्र्षे कुम्भ मेलाको अवसर पारेर राष्ट्रपति भण्डारीले भारत भ्रमण गर्ने तयारी भएको थियो । तर, नेपालको आन्तरिक राजनीतिक खिचातानीकाकारण अन्तिम समयमा भ्रमण रोकिएको थियो । 

Global Ime bank

यसपटक भने मिति तयभएपछि भ्रमण सम्पन्न हुने दाबी राजदूत उपाध्यायले गरे । उनले भने, “भ्रमणको मिति तयभएपछि आवश्यक तयारीका लागि धेरै दिन लाग्दैन । भारत सरकार सम्भावित भ्रमणको मितिको प्रतीक्षामा छ ।” राष्ट्रपति भण्डारीको यो भ्रमण नै पहिलो औपचारिक विदेश भ्रमण हुनेछ ।

तर सरकारले भने अहिलेसम्म राष्ट्रपतिको भारत भ्रमणका बारेमा केही पनि बताएको छैन ।
यता परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भने अहिले नै मिति तय नभएको बताए । उनले दुवै देशका तर्फबाट पहल भइरहेको भए पनि मिति भने तय नभएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ४, २०७३  १२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय