site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
शिक्षा मन्त्रीकै मनपरीले पैसावाललाई मात्रै भर्ना 
Sarbottam CementSarbottam Cement

काठमाडौं । शिक्षा मन्त्रालय र सम्बन्धित विश्वविद्यालयको चलखेलले यस वर्ष पनि एमबीबीएस भर्नामा निर्धारित शुल्क र मेरिट भर्ना प्रणाली पूर्ण कार्यान्वयन हुन सकेन । एमबीबीएसका लागि भर्ना हुने समय भने सकिएको छ । आजको नागरिक दैनिकमा दीपक दाहालले लेखेको समाचारमा यो उल्लेख गरिएको छ । 
छात्रवृत्ति नतिजा प्रकाशनमा ढिलाइ र शिक्षा मन्त्रालयले शुल्क पुनरावलोकन नगर्दा यस्तो अवस्था आएको हो ।

एमबीबीएस कार्यक्रम सञ्चालन गरेका त्रिभुवन विश्वविद्यालयअन्तर्गतको चिकित्साशास्त्र अध्ययन संस्थान आईओएम र काठमाडौं विश्वविद्यालयले गत भदौमै प्रवेश परीक्षा सिध्याए पनि कलेजहरूले योग्यताक्र (मेरिट)का विद्यार्थी छल्दा करिब पाँच महिना भर्नामै बितेको छ ।

शिक्षा मन्त्री धनीराम पौडेलले निजी ‘कलेज प्रतिनिधि बहुल’ समिति बनाएर ६८ लाख शुल्क तोक्ने प्रयास गरेपछि त्यसको चर्को विरोध भएको पनि नागरिक दैनिकमा दीपक दाहालले लेखेको समाचारमा उल्लेख छ । यो समाचारलाई नागरिकले पहिलो पृष्ठमा तीन कोलममा प्रकाशित गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

लोकमान सिंह कार्कीलाई महाभियोग अघि बढाउन समिति अन्योलमा 
आज प्रकाशित धेरैजसो पत्रिकाले लोकमानसिंह कार्कीलाई महाभियोग लगाउने बारेमा संसदीय समितिमा देखिएको मतभेदको बारेमा समाचार प्रकाशित गरेका छन् ।

आजको राजधानी दैनिकमा ईश्वरी सुवेदीले लेखेको समाचारमा सर्वोच्च अदालतको आदेशपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तबाट पदमुक्त भएका लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव अघि बढाउन व्यवस्थापिका–संसद्को महाभियोग सिफारिस समिति अन्योलमा परेको उल्लेख छ ।

Global Ime bank

सिफारिस समिति सदस्यबीच नै मत बाझिएपछि सोमबारको बैठकले महान्यायाधिवक्ता, कानुन सचिव र कानुन सुधार आयोगका अध्यक्षलाई बोलाउने निर्णय गरेको छ ।

मंगलबार बिहान बस्ने बैठकमा उनीहरूलाई बोलाइएको छ । राजधानी दैनिकले यो समाचार पहिलो पृष्ठमा प्रकाशित गरेको छ भने कान्तिपुर दैनिकले तेस्रो पृष्ठमा प्रकाशित गरेको छ ।

नागरिक दैनिकले यो समाचारलाई खासै महत्व दिएको छैन भने अन्नपूर्ण पोष्टले महाभियोगमा दलहरु विभाजित भन्ने शीर्षकमा तेस्रो पृष्ठमा समाचार प्रकाशित गरेको छ ।

नयाँ पत्रिका दैनिकले पनि यो समाचारलाई महत्व दिएको छैन । गोरखापत्र दैनिकमा नारायण काफ्लेले लेखेको यससम्बन्धी समाचारलाई पहिलो पृष्ठमै प्रकाशित गरिएको छ ।

विवाहको महत्व 
आज प्रकाशित अन्नपूर्ण पास्ट, राजधानी दैनिक र नयाँ पत्रिकाले पहिलो पृष्ठमै राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीको विवाहमा पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थितिलाई महत्व दिँदै समाचार प्रकाशित गरेका छन् ।

राजधानी दैनिकमा महेश्वर गौतमले लेखेको समाचार पूर्वराजा शाहले बरवधुतर्फ फर्किएर नमस्कार गरेको तस्बिरसहितको चार कोलममा यो समाचार प्रकाशित गरेको छ भने अन्नपूर्ण पोस्टले पनि सोही तस्बिर राखेर विवाहको सन्दर्भ भन्दा पूर्वराजाको उपस्थितिलाई महत्व दिएको छ ।

बालकुमार नेपालले लेखेको समाचार शीतलनिवासमा पूर्वराजा आकर्षण भन्दै अन्नपूर्ण पोस्टले पहिलो पृष्ठबाट लेखिएको समाचारको बाँकी अंश ११ पेजमा टुंग्याएको छ । अन्नपूर्ण पोस्टले यो समाचारलाई अन्य समाचार भन्दा विशेष स्थान दिएको छ ।

नयाँ पत्रिका दैनिकले पनि पहिलो पृष्ठमा राष्ट्रपतिको निम्तो मान्न पूर्वराजा शीतल निवासमा भन्ने शीर्षकमा समाचार प्रकाशित गरेको छ । 

नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेको समाचारमा पूर्वराजासँग कसरी छलिए राजनीतिक दलका नेता भनेर पनि उल्लेख गरिएको छ ।
अन्य पत्रिकाले भने यो समाचारलाई बढी स्थान दिएका छैनन् ।

अनुत्पादक कर्जा जोखिमपूर्ण 
बैंक तथा वित्तीय संस्थाबाट ओभर ड्राफ्ट, हायर पर्चेज, घरजग्गा र सेयर धितोमा भएको अत्यधिक ऋण प्रवाहले अर्थतन्त्रमा जोखिम निम्तिने अवस्था देखिएको आजको कान्तिपुर दैनिकमा छापिएको मुख्य समाचारमा उल्लेख छ ।

यज्ञ बञ्जाडेले लेखेको समाचारमा यसरी ऋण प्रवाह हुनु चुनौतीपूर्ण भन्दै वित्तीय क्षेत्रको नियामक निकाय राष्ट्र बैंकले नै सचेत गराएको छ ।

कर्णालीमा १० वर्षमा ३२ खर्ब 
आजको नयाँ पत्रिका दैनिकमा योगेश ढकालले लेखेको समाचारमा सडक, जलविद्युत्, पर्यटन तथा कृषि क्षेत्रको प्राथमिकतासहित कर्णाली क्षेत्रका विकासका लागि पहिलोपटक १० वर्षे विकास योजना बन्न लागेको छ ।

कर्णाली विकास आयोगले करिब ३२ खर्ब ३३ अर्ब ५६ करोड रुपैयाँ खर्च गर्ने गरी आर्थिक वर्ष ०७३÷७४ देखि ०८२÷०८३ सम्मको १० वर्षे रणनीतिक योजनाको मस्यौदा तयार पारेको उल्लेख छ ।

सम्पादकीय 
‘निर्वाचन मिति घोषणा गर’ शीर्षकमा सम्पादकीय लेख्दै कान्तिपुरले भनेको छ – निर्वाचनका लागि आवश्यक पर्ने अन्य चारवटा विधेयक पनि तत्कालै संसद्मा लगेर पारित गर्न आवश्यक छ ।

र, मुख्य कुरा दलहरुबीच सार्थक संवाद गरी सरकारले तत्कालै निर्वाचनको मिति घोषणाका साथै त्यस अनुरूपको निर्वाचनको मार्गचित्र सार्वजनिक गर्न जरुरी छ ।’
अन्नपूर्ण पोस्टले कर संकलनमा सास्ती  शीर्षकमा सम्पादकीय लेखेको छ । ‘पाल्पा भुवनपोखरी –९ का नारायण ढकालले ९० रुपैयाँ विद्युत् महसुल बुझाउन सदरमुकाम तानसेन पुग्नुपर्ने हुन्छ, ठूलो धनराशि खर्चेर र सास्ती बेहोरेर । यो पीडा उनको मात्रै नभएर उनीजस्ता जिल्लाका २७ हजार ग्राहकले भोग्दै आएका छन् ।’
‘मन माझामाझ’ शीर्षकमा नागरिक दैनिकले सम्पादकीय लेखेको छ । ‘सहकार्य र समन्वयको वातावरण बनाउन जसरी कांग्रेस, एमाले  तथा अन्य पार्टीले तराई–मधेसको मन जित्नु आवश्यक छ, उसैगरी तराई–मधेसका पार्टीले पनि राजधानी, पहाड–हिमालको मन छुनु जरुरी छ ।’
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ४, २०७३  ०७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय