site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालीहरूको जीवनशैली विस्तारै आधुनिक र विलासी बन्दैछ । विशेषगरी सहरी क्षेत्रमा जीवनशैली र खानपानमा व्यापक परिवर्तन आएको छ । 
यस्तो जीवनशैलीको प्रभाव सकारात्मकभन्दा नकारात्मक बढी हुने विज्ञहरू बताउँछन् । शिक्षण अस्पताल महाराजगन्जकी मनोवैज्ञानिक डा. मीता राणा भन्छिन्, “अहिले मनरोगीको संख्या बढ्दो छ ।

विशेषगरी १५ देखि ३५ वर्षसम्मका मानिसमा यो समस्या देखिने गरेको छ । मनोरोगका विभिन्न कारण हुन सक्छन् । अहिलेको पुस्तामा पढाइको चापका कारण पनि तनाव उत्पन्न हुने गरेको पाइन्छ ।

यसमा अभिभावक र परिवारका अन्य सदस्यले विशेष ध्यान पु¥याउनुपर्छ ।” अभिभावक व्यस्त हुने भएकाले छोराछोरीमा ध्यान कम पुगेको हुन सक्ने राणा बताउँछिन् । यसले गर्दा बच्चाहरूको व्यवहार परिवर्तन हुने, परिवारमा घुलमिल कम र साथीभाइमा बढी हुने उनी बताउँछिन् । 
सहरीया जमातमा खानपानको शैली पनि परिवर्तन भइरहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

घरको भन्दा बाहिरको तयारी खानामा मानिसको सोख बढेको देखिन्छ । बाहिरको खानाले स्वास्थ्य समस्या ल्याउने र त्यसले मानसिक स्वास्थ्यमा पनि असर पार्ने विज्ञहरु बताउँछन् । 
प्रविधिले पनि मानिसलाई एक्ल्याउँदै लगेको छ । सहरी युवा अभिभावक र आफन्तसँग भन्दा मोबाइल र ल्यापटपसँग नजिक हुने अवस्था आइसकेको छ । इन्टरनेटमा भेटिने विभिन्न किसिमका भिडियोले पनि मानिसमा प्रभाव पारिरहेको हुन्छ । 

शिक्षण अस्पतालमा मानसिक रोगको उपचार गराइरहेका १८ वर्षीय सुरज भुषाल (नाम परिवर्तन)का आफन्त भन्छन् “युट्युबमा राखिएको रगताम्य भिडियो हेर्दाहेर्दै बेहोस भयो । होस आएपछि आत्तिने र तर्सिने गर्न थाल्यो ।”

Global Ime bank

मनोविद्हरू भन्छन्– “हामी दिनभरि आ–आफ्नो काममा व्यस्त रहन्छौं । परिवारका सदस्यहरू एकै ठाउँमा भेट हुने समय बेलुका भएकोले बेलुकाको समय परिवारले इन्टरनेटभन्दा बढी एक आपसमा कुरा गरेर बिताउनु जरुरी छ, जसले गर्दा आफ्नो मनमा गुम्सेका कुराहरू व्यक्त गरेर मन हलुका बनाउन सकिन्छ । कतिपय अवस्थामा हामी आफैँलाई थाहै नपाई मनोरोगले सताइरहेको हुन्छ । त्यसकारण हामी आफैंपनि सचेत हुनु जरुरी छ ।” 
विज्ञहरूका अनुसार आर्थिक अभाव पनि तनावको मुख्य कारणमा पर्छ । आर्थिक अभावका कारण कतिपय मानिसले आफ्नो इच्छा दबाएर राख्नुपर्ने हुन्छ । परिवारको र आफ्नो चाहना पूरा गर्न नसक्दा मनमा आत्मग्लानीका साथै मानसिक तनाव बढ्दै जान्छ । 

मनोरोगको कारणमध्ये सम्बन्ध पनि मुख्य कारणमा पर्छ । जतिजति एक आपसमा सम्बन्ध बिग्रिँदै जान्छ, त्यति नै एक अर्काप्रति बोलचाल घट्दै जान्छ । यसले गर्दा भित्रभित्रै तनाव बढ्दै जान्छ र मनोरोग लाग्ने सम्भावना तीव्र हुन्छ ।

आधुनिक समाजसँगै अघि बढ्दै कतिपयले मदिरा र लागु पदार्थसमेत सेवन गर्छन् । विस्तारै विस्तारै त्यसमै लत बस्न थाल्छ । भनेको समयमा त्यस्ता कुराहरुको सेवन गर्न नपाउँदा छटपटी हुने, रिस उठ्नेजस्ता लक्षण देखा पर्छन् अनि त्यस्ता लक्षण मनोरोगमा परिणत हुन्छन् ।


 निन्द्रा लाग्ने, थकाइ लाग्ने, टाउको भारी हुने, काममा ध्यान नजाने, रिस उठ्ने, टोलाउने आदि मनोरोगका लक्षण हुन् । मनोरोगबाट बच्नका लागि आफूलाई व्यस्त राख्ने, शारीरिक व्यायाम गर्ने, खानपिनमा विशेष ध्यान दिने र बेला बेलामा चिकित्सकबाट परामर्श लिइरहनुपर्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ४, २०७३  ०६:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय