site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
एकअर्कासँग बोल्दैनन् यी बलिउड स्टार
Sarbottam CementSarbottam Cement

काठमाडौं । करण जौहरले आफ्नो बायोग्राफीमा काजोल र अजयसँग आफ्नो झगडाका कैयन कुरा उल्लेख गरेका छन् । यसै प्रकारका अन्य विवादहरू पनि उल्लेख गरेका छन् । 

आज भने हामी प्रस्तुत गर्दैछौँ बलिउड स्टारहरूका नजिकका साथी र चलचित्र पार्टीहरूबाट खोज गरिएको बलिउडका ‘एक नम्बरमा सूचीकृत’ नायक निर्देशकहरूको लामो समयसम्म कायम रहेको रिसराग र झगडाको कथा । यो वैमनश्यता पछाडि के कारण हुन सक्छ हेरौँ, भाष्कर डट कमका लागि सलोनी अरोराले तयार पारेको रिपोर्ट । 

आमिर खान– रेखा

Prabhu Bank
Agni Group
NIC Asia

\"\"आमिरका पिता ताहिर हुसैन चर्चित निर्माता थिए । उनले ८० को दशकमा एउटा चलचित्र ‘लकेट’ निर्माण गर्न सुरु गरेका थिए । यसमा रेखा मुख्य भूमिकामा थिइन् । रेखाले चलचित्रको सुटिङका क्रममा कैयौँ ‘सिन’हरू क्यान्सल गरिन् ।

र, समयको पावन्दीलाई नजरअन्दाज पनि गरिन् । चलचित्रको रिसुटिङ पनि कैयौँ पटक भयो । अप्ठ्यारोमा चलचत्रि पूरा भयो । आमिरले यो सबै नजिकबाट हेरिरहेका थिए ।

Global Ime bank

चलचित्र उद्योगमा आफ्नो नाम स्थापित भएपछि आमिरले यो कुरालाई लिएर कहिले प्रतिक्रिया दिएनन् । तर, उनले कहिल्यै रेखासँग काम पनि गरेनन् ।

 

 

 

 

शाहरुख खान– अजय देवगन

 

\"\"
यी दुई स्टारको विवाद चलचित्र ‘जब तक है जान’ र ‘सन अफ सरदार’ भन्दा अगाडिको नै हो । अजय शाहरुखलाई अफर गरेको भूमिका चाहान्थे । त्यतिबेला चलचित्रको नाम ‘कायनात’ थियो । दुईले नै राकेशसँग कुरा गरे ।

तर, उनीहरू परिवर्तनका लागि तयार भएनन् । यसै समय सलमानको प्रवेश भयो । शाहरुखले अजयलाई यो भनेनन् । त्यतिबेलादेखि नै अजयको मनमा धोकाको अनुभूति हुन थाल्यो ।  

राकेश रोशन– अनुराग कश्यप

\"\"
सन २००६ मा जब चलचित्र ‘क्रिश’ आयो तब अनुराग कश्यप बिना कारण नै राकेश रोशनसँग झगडा गर्न पुगे । सुभाष घईको अभिनय सम्बन्धी विद्यालय ह्वीसलिङ वुड्समा अनुरागलाई लेक्चरका लागि आमन्त्रित गरियो ।

त्यहाँ सिनेमाको सफलतालाई लिएर कुराकानी गरे । सार्वजनिक रुपमै अनुरागले ‘क्रिश’ लाई दोयम दर्जाको चलचित्र भएको घोषणा गरे । यस विषयलाई लिएर रोशन, घईसहित उद्योगका कैयौँ व्यक्ति दुःखित भए । 


सनी देओल– आदित्य चोपडा

\"\"

सनी देओल र आदित्य चोपडाका बीच चलचित्र ‘डर’ को समयमा भएको झगडा आजसम्म पनि कायम छ । चलचित्रमा काम गर्न आदित्यले सनीलाई मन्जुर गराएका थिए ।

तर, जुन शर्त थियो त्यो पूरा भएन । शनीलाई भूमिका स्तरीय लागेन । चलचित्र पछि यी दुबैले आजसम्म कुराकानी समेत गरेका छैनन् । न नै यशराजको कुनै प्रोजेक्टमा शनीको संलग्नता रह्यो । यी दुबैको घर भने मुम्बईस्थित जुहु इलाकामा आमनेसामने छ । 

अजय देवगन– करन जौहर

\"\"
करन जौहरको झगडा अजयसँग त्यस समयमा भएको थियो, जब ‘कुछकुछ हो ता है’ मा शाहरुख, रानी मुखर्जी र काजोलसँगै आएका थिए । त्यसबेला करनले यी तीनैजनासँग एउटा कोल्ड ड्रिङ्सको विज्ञापनका लागि सुट गरेका थिए । तब पनि करनको व्यवहार अजयसँग राम्रो भएन । ‘करण–अर्जुन’ का विषयमा विवाद त थियो नै । शाहरुख र अजयको झगडा र काजोलसँग अजयको सामिप्यता यसको केन्द्रविन्दू थियो ।  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ४, २०७३  ००:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय