site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
आर्थिक सूचक सकारात्मक, वृद्धिको लक्ष्य प्राप्त हुने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । मुलुकका समग्र आर्थिक सूचक सकारात्मक रहेकाले चालु आर्थिक वर्षमा देशको कुल ग्राहस्थ उत्पादन (जीडीपी) वृद्धि लक्ष्य पुरा हुने देखिएको छ । 
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ५ महिनामा देशको समग्र आर्थिक तथा वित्तीय स्थितिमा सुधार भएको उल्लेख गरिएको छ ।
वित्तीय स्थितिमा सुधार देखिएकाले सरकारले चालु आर्थिक वर्षमा लिएको साढे ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्त हुने भएको छ । अनुकूल मौसम, ऊर्जा आपूर्तिमा सुधार, पुनर्निर्माणमा तिव्रताको अपेक्षा तथा दिगो विप्रेषण आप्रवाह वृद्धि सुधारोन्मुख आर्थिक परिदृश्यले गर्दा आर्थिक वृद्धि लक्ष्य हासिल हुने आधारका रुपमा रहेको राष्ट्र बैंकको भनाई छ ।

पछिल्लो ३ महिनामा ऊर्जा आपूर्तिमा सुधार आएपछि मुलुक आधारभूत रुपमा लोडसेडिङमुक्त भएको छ ।

नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा लगातार दैनिक २० घण्टासम्म विद्युत आपूर्ति दिएपछि यो वर्ष औद्योगिक उत्पादनमा सुधार आउने अनुमान राष्ट्र बैंकको छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

समीक्षा अवधिमा कृषि क्षेत्रको वृद्धिदर अपेक्षा गरिएभन्दा उच्च रहने देखिएकोले चालु आवमा आर्थिक वृद्धिको लक्ष्य हासिल हुने अनुमान गरिएको छ ।

कृषि विकास मन्त्रालयले हालै सार्वजनिक गरेको वर्षे बालीको उत्पादन विवरणअनुसार यसवर्ष धानको उत्पादन २१.७ प्रतिशत उल्लेख्य दरले वृद्धि हुने अनुमान छ ।

Global Ime bank

कृषि क्षेत्रको उत्पादनमा २०.८ प्रतिशत हिस्सा रहेको धानको उत्पादनमा हुने वृद्धिबाट समग्र कृषि क्षेत्रको उत्पादन उत्साहजनक रहने देखिएको राष्ट्र बैंकले जनाएको छ । 

चालु आवको ५ महिनामा उपभोक्ता मुद्रास्फीति ७.५ प्रतिशतको लक्ष्य भित्रै रहने अनुमान छ । ५ महिनामा उपभोक्ता मूल्य वृद्धि दर ३.८ प्रतिशतमा ओर्लिएको छ । 

वर्षे बालीको उत्पादनमा उच्च वृद्धि, आपूर्ति अवस्थामा सहजता तथा भारतीय मुद्रास्फीतिमा कमीका कारण समग्र उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्षको तुलनामा कम रहने राष्ट्र बैंकको अनुमान छ ।

वाणिज्य बैंकको खराब कर्जा अनुपात २ प्रतिशतभन्दा कम भएको छ । यस्तो कर्जाका लागि बैंक तथा वितीय संस्थाले खराब कर्जावापतको रकम थोरै राख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

यस्तो अवस्था र सम्भावित उच्च नाफा जस्तो विशेषायुक्त वित्तीय क्षेत्र स्थायित्व हाल कायम रहेको र भविष्यमा पनि यो यथावत कायम राख्न चुनौतीपूर्ण हुने राष्ट्र बैंकको अनुमान छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३०.४ प्रतिशतले बढेको छ ।  
ओभरड्राफ्ट, हायरपर्चेज, घरजग्गा तथा सेयरको धितोमा प्रवाह हुने कर्जा उल्लेख्य रुपमा बढ्नु गम्भीर चासोको विषय भएको राष्ट्र बैंकले औल्याएको छ ।
अवस्थामा उत्पादनमुलक क्षेत्रमा जानुपर्ने कर्जा जोखिमयुक्त क्षेत्रतर्पm उन्मुख हुन सक्ने अनुमान गरिएको छ । आगामी दिनमा बैंक तथा वित्तीय संस्थाले विवेकशील एवम् सावधानीपूर्ण तवरले कर्जा प्रवाह गर्न राष्ट्र बैंकले सुझाएको छ ।  वाह्य क्षेत्रतर्फ, आयातमा भइरहेको उच्च वृद्धिले शोधनान्तर बचतमा चाप पर्ने देखिए पनि दिगो
विप्रेषण आप्रवाह वृद्धि तथा वैदेशिक सहयोग परिचालनबाट शोधनान्तर स्थिति बचतमै रहने अनुमान छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ३, २०७३  १९:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय