site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
शीतलनिवास पुगेर पूर्वराजाले बेहुला, बेहुली र राष्ट्रपतिलाई शुभकामना दिएर फर्किए 
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरीको बिहेको निम्तो मान्न पूर्वराजा ज्ञानेन्द्र शाह शीतलनिवास पुगेका छन् ।  
राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुशुम भण्डारीको विवाह पूर्वराष्ट्रपति रामवरण यादवका नाती अभिषेश यादवसँग भएको हो ।
विवाह समारोहमा उपस्थित हुन अभिषेश बरियात लिएर बिहान नौ बजे शितलनिवास पुगेका थिए । पूर्वराजा शाह भने केहीबेर शीतलनिवासमा बसेर फिर्ता भएका हुन् ।

मध्यान्ह पुगेका पूर्वराजा शाहले बेहुला बेहुली र राष्ट्रपतिलाई शुभकामना दिएका थिए । “राष्ट्रपति, बेहुला र बेहुली बसेको ठाउँमा पुगेर पूर्वराजाले शुभकामना दिनुभयो,” पत्रकार किरण नेपालले बाह्रखरीसँग भने, “केहीबेर बसेर चिया पिएर उहाँ बाहिरिनुभयो ।”
पूर्वराजा शाहले लवीमा पुगेर शुभकामना  दिएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसपछि उनी राप्रपाका नेताहरु बसेको टेबलमा पुगेर केही बेर बसेर फर्किएका थिए । राप्रपाका नेताहरुसँग केहीबेर कुराकानी गरेर उनी त्यहाँबाट फर्किएका थिए ।
राप्रपाका अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणा, लोकेन्द्र बहादुर चन्द लगायतका नेताहरु बसेको टेबलमा पुगेर केहीबेर बसेका थिए ।
उनी त्यहाँ केहीबेर बसेर फिर्ता भएका थिए ।

तस्बिर: किरण नेपालको ट्विटरबाट
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ३, २०७३  १४:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय