site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
आज शीतलनिवासका पाहुना तत्कालीन राजा !
Sarbottam CementSarbottam Cement

काठमाडौं । केही समययता मुलुक र राष्ट्रियतामाथि खतरा बढेको भन्दै विभाजनकारी शक्तिहरुलाई परास्त गर्न जनतालाई अपील गर्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाह आज शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको छोरीको विहेमा अतिथिका रुपमा आमन्त्रित गरिएका छन् ।

राष्ट्रपतिद्वारा पठाइएको कार्डमा उनलाई पूर्वमहाराजधिराजकै हैसियतमा आमन्त्रण गरिएको स्रोतले बताएको छ ।

पूर्वराष्ट्रपति डा. रामवरण यादव पनि १४ महिनापछि आजै शीतलनिवास प्रवेश गर्दैछन् । उनी आफ्नो नाती अभिषेक यादको जन्ती लिएर विवाह समारोहमा सहभागी हुनेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

जननेता मदन भण्डारी र गणतन्त्र नेपालकी दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुमसँग रामवरणका नाति अभिषेकको विवाह समारोह आज शीतलनिवासमै हुने भएकाले उनी अभिभावकत्व ग्रहण गर्दै जन्ती बनेर जान लागेका हुन् ।

यो समाचारलाई आजको अन्नपूर्ण पोष्ट दैनिकले एंकरमा प्रकाशित गरेको छ भने बालकुमार नेपालले लेखेका छन् । 

Global Ime bank

कांग्रेस सभापतिमा देउवाका १० महिना 
आजको नयाँ पत्रिका दैनिकले कांग्रेस सभापतिमा शेरबहादुर देउवा चयन भएको १० महिनाको अवधीको समीक्षा गरिएको छ ।
सुस्त मानिएका सुशील कोइरालाले पदाधिकारी मनोनयनको प्रस्ताव दुई महिनामै तयार गरे पनि देउवाले १० महिनामा पनि नसकेको समाचारमा उल्लेख छ ।

नयाँ पत्रिकाले विशेष स्थानका साथ प्रकाशित गरेको समाचारमा देउवा भ्रातृ संस्थाको अधिवेशन गराउन, वाम गठबन्धन टुटाउन र संसदीय दल र कार्यसमिति चुनाव गर्न सफल भएको उल्लेख गरिएको छ । 

त्यसैगरी नयाँ पत्रिकामा रमेश सापकोटोले लेखेको समाचारमा चार चरणमा १२ सदस्य मात्र मनोनित, नौ अझै बाँकी, विधानतः दुई महिनामा गठन हुनुपर्ने विभाग अलपत्र र उपसभापति र महामन्त्रीको मनोनयनमा अन्योल नै देउवाका असफलता भनी टिप्पणी गरिएको छ ।

एकैदिन डेढ करोड ‘लुट्छन्’ तस्कर
आजको नागरिक दैनिकमा बालकृष्ण ज्ञवालीले लेखेको समाचारअनुसार बजारमा मागअनुसार सुनको आपुर्ति नहुँदा अवैध कारोबार मोलाएको छ । यसरी सुन तस्करी गरी कारोबार गर्नेले दैनिक डेढ करोडसम्म उठाउँदै आएका छन् ।

शीर्ष नेतालाई चुनावको चिन्तै छैन ?
आजको कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपाने र बसन्त बस्नेतले लेखेको समाचारमा चुनावको मिति घोषणा हुने चर्चा चल्दै गर्दा सत्ता गठबन्धनकै शीर्ष नेता प्राथमिकता बाहिरका कार्यक्रममा बढी व्यस्त हुन थालेका छन् ।

पुष्पकमल दाहाल शनिबारदेखि विदेश लागेका छन् भने कांग्रेस सभापति शेर बहादुर देउवा मोफसलका स–साना औपचारिक कार्यक्रमै समय खर्चिरहेको समाचारमा उल्लेख छ ।

आजको राजधानी दैनिकमा भने दलहरुले प्याकेजमै सहमतिको  खोजी गरेको उल्लेख छ ।
प्रमुख राजनीतिक दलले प्याकेजमै सहमति खोज्दै वर्तमान समस्या समाधान गर्ने गृहकार्य अघि बढाएको राजधानी दैनिकमा टेनिस रोका र महेश्वर गौतमले लेखेको समाचारमा उल्लेख छ ।

यता नागरिक दैनिकमा प्रकाश तिमल्सिनाले लेखेको समाचारमा पहाडी भूभागबाट तराईमधेस अलग्याउने उद्देश्यसहित पुष्पकमल दाहाल नेतृत्व सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव असफल हुने देखिएको छ ।

सम्पादकीय 
‘सुन तस्करीको जालो’ आजको नागरिक दैनिकमा सम्पादकीय शीर्षक रहेको छ । ‘त्रिभुवन विमानस्थल तथा अन्य भन्सार कार्यालयका कर्मचारीको मिलेमतोबिना सुनको ओसारपसार सम्भव छैन । यसकारण पनि कर्मचारीमाथि निगरानी उत्तिकै जरुरी छ,’ नागरिकले आफ्नो सम्पादकीयमा भनेको छ ।
‘पुँजीगत खर्च नगर्नेमाथि कारबाही होस्’ कान्तिपुर दैनिकले सम्पादकीय लेख्दै भनेको छ–हालको प्रणालीमा कहीं कतै पुरस्कार र दण्डको व्यवस्था गरे पनि कार्यान्वयन हुन सकेको छैन  । बजेटको मध्यावधि समीक्षामा नै अन्तिम समयमा निश्चित सीमाभन्दा बढी खर्च गर्न नपाउने व्यवस्था गरिनुपर्छ ।’
‘तस्करीमा छलाङ्’ अन्नपूर्ण पोष्ट दैनिकमा सम्पादकीय शीर्षक छ । ‘यो तस्करी सञ्जालबाट अन्त्यमा फाइदा लिने समूह तथा तिनका नाइकेलाई पहिचान गर्न सक्षम होला ? प्रश्न स्वभाविक हो,’ सम्पादकीयमा भनिएको छ । राजधानी दैनिकले पनि सुन तस्कर रोक्न विशेष पहल भन्दै सम्पादकीय लेखेको छ ।
गोरखापत्र दैनिकले ‘पुनर्निर्माणमा अब ढिलाइ नगरौं’ शीर्षकमा सम्पादकीय लेखेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ३, २०७३  ०७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय