site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
किन बढ्दैछ मधुमेहको जोखिम ?
Sarbottam CementSarbottam Cement

मधुमेह निको नहुने र नसर्ने दीर्घ रोग हो । यो रोगमा रगतमा चिनीको मात्रा सामान्यभन्दा बढी हुन्छ । राम्रोसँग मधुमेहको उपचार भएन भने भविष्यमा विभिन्न अरु रोगको जटिलता आउँछ । मधुमेहको समयमा नै उपचार भयो भने जटिलताबाट बच्न सकिन्छ । मधुमेहबाट आउने दीर्घ समस्या भनेको यसले विभिन्न अंगहरुलाई असर गर्छ । 
अहिले महिलाहरुमा थाइराइड बढी देखिएको छ भने पुरुषमा मधुमेह देखिने गरेको छ । यदि तपाईंको उमेर ३० वर्षभन्दा बढी छ भने सुगर चेक गराउनुपर्छ । यसको लागि धेरै गाह्रो पनि हुँदैन । नजिकैको स्वास्थ्य संस्थामा गएर ब्लड चेक गर्ने हो भने थाहा भइहाल्छ । 

मधुमेहका जटिलता
आँखामा अन्धोपन आउने

मोतिबिन्दु हुने

Prabhu Bank
Agni Group
NIC Asia

किड्नी ड्यामेज हुने

राम्रोसँग काम नगर्ने 

Global Ime bank

हर्ट अट्याक हुने

प्यारालाइसिस हुने

सबै अंगलाई असर गर्ने

खुट्टा पोल्ने, झमझमाउने

स्नायुमा असर गर्ने

पेटमा पनि समस्या देखा पर्न सक्ने

राति बढी दिसा लाग्ने, डायरिया हुने 

‘इरेक्टाइल डिसफङ्सन’ हुने

छातीमा इन्फेक्सन भई निमोनिया हुने 

बच्ने कसरी ?
मधुमेह रोकथाम गर्न सक्ने रोग भएकाले यसबाट बच्न सकिन्छ । मधुमेहको जोखिम कारक पत्ता लगाउनुपर्छ । यदि आफ्नो परिवारमा कसैलाई मधुमेह छ, तौल धेरै छ, गर्भावस्थामा मधुमेह भएको छ,  शारीरिक व्यायाम छैन भने यसले मधुमेहको जोखिम बढाइदिन्छ ।

यस्तो छ भने रोग पत्ता लगाएर उपचार गराउनुपर्छ, किनभने मधुमेह भएको ५० प्रतिशत भागमा कुनै पनि लक्षण हुँदैन । त्यसकारण समयमा पत्ता लाग्यो र उपचार भयो भने मधुमेह कन्ट्रोल गर्न सकिन्छ ।

एचबीए भन्ने जाँच हुन्छ, जसमा विगत ३ महिनाको सुगर कस्तो छ थाहा हुन्छ । सुगरलाई हरेक जाँचमा ७ प्रतिशतभन्दा मुनि राख्नुपर्छ । यदि एचबीएमा ७ प्रतिशतभन्दा बढी, ब्लड प्रेसर १ सय ३० का मुनि ८० छ भने र कोलेस्ट्रोल नियन्त्रण छ भने जटिलताबाट बच्न सकिन्छ । 
मधुमेह जुनसुकै उमेर समूह र लिंगका व्यक्तिलाई हुन सक्छ । 
इन्सुलिनको गडबडीले हुने हो मधुमेह । इन्सुलिनले साँचोजस्तो काम गर्छ । हामीले जति खाना खान्छौँ, त्यो समयमा रगतमा चिनीको मात्रा बढ्छ । त्यो शरीरको विभिन्न अंगमा पनि पुग्छ ।

यसका लागि इन्सुलिनले ढोका खोल्ने काम गर्छ । तर, मधुमेह भएको व्यक्तिमा इन्सुलिनले राम्रो काम गर्दैन । त्यसलाई इन्सुलिन प्रतिरोध (इन्सुलिन रेजिस्टेन्स) भनिन्छ । मोटोपन, वंशानुगत, प्रेसरको समस्या, कम एक्सरसाइज आदिले इन्सुलिनलाई प्रतिरोध गर्छ । 
मधुमेह लागेको छ भने सुरुमा नै मधुमेह विशेषज्ञ डाक्टरकोमा गएर उपचार गराइहाल्नुपर्छ । औषधि पनि प्रयोग गरिहाल्नुपर्छ तर आयुर्वेदमा नजाँदा हुन्छ । यो जीवनशैलीबाट आएको रोग हुनाले खानपानमा परिवर्तन गर्नुपर्छ ।

दिनमा ३० देखि ४५ मिनेट एक्सरसाइज गर्नुपर्छ । एक नम्बरमा तनाव लिनु हुँदैन भने चिल्लो, गुलियो, चुरोट, रक्सी बन्द गर्ने, तरकारी, सलाद बढाएर खाना कम खाने तर समयमा नै खानुपर्छ । 

मधुमेह रोगी बढ्नुको कारण
अहिले र पहिलेको समयमा धेरै फरक छ । पहिले सबै मानिसहरु धेरै काम गर्थे तर अहिले गाह्रो काम पनि गर्दैनन् । हिँड्ने चलन छैन । बाहिर रेस्टुरेन्टमा खाने चलन बढेको छ । त्यसैले रोगीहरु बढिरहेका छन् । 

घरायसी उपचार
सबैले गर्नुपर्ने हो, गाह्रो पनि छैन । तर धेरैले गर्दैनन् फिजिकल एक्सरसाइज । एउटै ठाउँमा बसिरहनु हुँदैन, शरीरलाई दुःख दिनुपर्छ । तनाव लिनु नै हुँदैन र  खानपिनमा ख्याल गरेर तौल घटाउनुपर्छ । 

मधुमेह जुन समयमा पनि हुन्छ । तर जाडो महिनामा बढी देखिन सक्छ । जाडो समयमा बिहे हुन्छ, फिजिकल एक्सरसाइज कम हुन्छ, खानपिन बढ्छ र तौल बढ्छ । त्यसकारण जाडो समयमा अरु समयमा भन्दा बढी देखिन्छ । 

उमेर जति बढ्दै गयो, त्यति नै मधुमेह लाग्ने हुन्छ । अहिलेको युवा र पहिलेको युवाहरुमा धेरै अन्तर छ । पहिलेका युवाहरु धेरै काम गर्थे तर अहिलेका युवामा काम गर्ने भन्ने छैन । धेरै इन्टरनेट चलाउने गर्छन्, एकै ठाउँमा बस्छन्, हिँड्दैनन् । अहिलेका मान्छेको जीवनशैली फरक भएका कारण अहिलेका युवाहरुमा मधुमेह देखिएको हो ।

यसको लागि अहिलेदेखि नै एकै ठाउँमा नबस्ने, काम गर्ने, फिजिकल एक्सरसाइज गर्ने, तौल धेरै छ भने ५ देखि १० प्रतिशत तौल आफैँ घटाउने, खानेकुरामा चिनीको मात्रा कम गर्ने, चिल्लो कम गर्ने, लागु औषध सेवन नगर्ने, तनाव कम गर्ने, कम्तिमा पनि दैनिक आधा घण्टा हप्ताको पाँच दिन व्यायाम गरे मधुमेहबाट बच्न सकिन्छ । 

(अल्का अस्पतालमा कार्यरत योञ्जनसँग बाह्रखरीका लागि यसिमा महतले गरेको कुराकानीमा आधारित)
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ३, २०७३  ०५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय